
मधेशमा मुख्य मन्त्री दिए, उपेन्द्रले अध्यादेशलाई समर्थन गर्ने, अब आईतवार मात्रै संसदमा पेश
काठमाडौं । आज संसदमा निर्णयार्थ पेश हुनुपर्ने अध्यादेश बैठकमै पेश नभएपछि, सहमती अनुसार संविधानको कार्यन्वयनका लागी अध्यादेश संसदमा तुरुन्तै पेश गर्न कांग्रेसले सरकार सँग माग गरेका छ, के यथास्थीतिकै अध्यादेश ल्याउन पछि हटेकै हो सरकार ? यो बहस अब राजनीतिक विश्लेषकहरुलाई, तर सरकारले राष्ट्रिय सभामा बहुमत नपाउने र चौतर्फि भईरहको विरोधका कारण पनि तयारी गरेर मात्रै संसदमा यो अध्यादेश पेश गर्ने रणनीतिमा भएको कुरा बुझ्न गाह्रो छैन । उपेन्द्र यादवले मुख्य मन्त्री पाए अध्यादेशमा समर्थन गर्ने संकेत गरेपछि, जसपा नेपाललाई मुख्य मन्त्री दिएर अध्यादेश अगाडी बढाउने सहमती भएको कुरा चर्चामा छ । भिजन होस नहोस, देश र जनता बनाउन सक्ने क्षमता होस नहोस तर साना दलहरुपनि जसरी नि सरकारमा पुग्ने दौडमा छन् । साना आएपनि ठूला भएपनि बास्तबमा सरकारको जनपक्षिय कामकारबाही नदेखे पछि जनता चाहिं वाकदिक नै छन । संघिय संसदमा ६ वटा अध्यादेश सरकारले पेश गर्ने कार्यसूची थियो, पानीजहाज संचालन र विधि विज्ञान प्रयोगशाला विद्ययेक मात्रै पेश भएका छन, बाँकी विद्ययेकलाई थाति राख्दै आइतबारका लागी जसपा नेपाल सँग छलफल सकेर मात्रै अध्यादेश अगाडी बढाउने प्रधानमन्त्री ओलीको तयारीका कारण आज अध्यादेश पेश गर्ने कार्यसूची स्थगित भएको हो, यो सँगै अध्यादेश पेश हुने कुरामा जसपा नेपाल निर्णयक भएको छ ।
क्रान्तिकारीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमिरराज खरेलले जित्ने आधारहरु यस्तो !
२०६४ सालदेखि ललितपुरमा रहेर पाटन संयुक्त क्याम्पसबाट राजनीति सुरुवात गरेका खरेलले पाटन क्याम्पस कमिटिको अध्यक्ष, ललितपुर जिल्ला समितिको संयोजक र अध्यक्ष समेत भएर काम गरिसकेका छन् ।
छापामार ड्रेसमा काठमाडौको जमलमा प्रस्तुति
नेकपा बहुमतको ९ औं महाअधिबेशन
सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ
सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने समेत मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।बुधबार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउनसक्ने सम्भावना रहेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।२ दिनअघि अदालत गेटबाहिर अनपेक्षित गतिविधि भएपछि प्रशासनले झनै सुरक्षा कडा पारेको हो । बुधबार पनि रास्वपाका कार्यकर्ता अदालत क्षेत्र प्रवेश गर्न खोजेका थिए तर प्रहरीले रोकेको थियो ।
अनेरास्ववियुले स्ववियु निर्वाचन तयारी कार्यशाला गर्ने
अनेरास्ववियुले स्ववियु निर्वाचन तयारी कार्यशाला गर्ने भएको छ। मिति २०८१ पुष २५ र २६ २ दिन गर्ने यो कार्यशाला पार्टी केन्द्रीय कार्यालय तुलसीलाल प्रतिष्ठान च्यासलमा गर्ने भएको हो। बिहान ११ बजेदेखि हुने सो कार्यशालाको उद्घाटन सम्मानीय प्रधानमन्त्री एवम नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिले गर्ने छन,सो कार्यशाला २ दिन सम्म चल्ने छ।।
आजै बैठक सक्ने माओवादी केन्द्रको तयारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ । आजै बैठक सक्ने तयारी स्वरूप यसअघि बोल्न नाम टिपाएका नेताहरूलाई नाम फिर्ता लिन प्रचण्डले मंगलबारको बैठकमा आग्रह गरेका थिए । त्यसपछि ३८ जनालाई बोल्न दिएर अन्यले नाम फिर्ता लिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।अब बैठकको निर्णयका लागि पदाधिकारी बैठक बस्ने र त्यसपछि उठेका प्रश्नहरूको जवाफसहित विभिन्न निर्णय गरेर बैठक समापन गर्ने माओवादीको तयारी छ । माओवादीको बैठक आइतबारदेखि राजधानीमा सुरु भएको हो ।
प्रचण्डले केराको पातमा भात खाए
विराटनगर – प्रचण्ड झापा पुगेका छन् । झापाको गौरिगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केराको पातमा भात खाएका छन् । गौरिगञ्ज–१ का माओवादी कार्यकर्तासमेत रहेका तिलक राजवंशीको घरमा प्रचण्डसहितका नेताहरूले कोच संस्कृति अनुसार भात खाएका हु्न् ।
रविमाथि २७ करोड ८९ लाख सम्पत्ति शुद्धीकरणको आरोप
काठमाडौ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी भएपनि निकिताको हकमा लागेको आरोपबारे केही बताइनन् ।निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो । सहायक न्यायाधीवक्ता शर्माका अनुसार, आइतबार ३१ जनालाई प्रतिवादी बनाइएकोमा ८ वटा कम्पनीहरु हुन् भने ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मात्रै मुद्दा चलेको हो । यो प्रकरणमा कुल ६३ जना विरुद्ध मुद्दा दायर भएको उनले बताइन् ।सम्पत्ति शुद्धीकरणमा रवि पत्नी निकिता पौडेल, छविलाल जोशीकी श्रीमती पद्मा, छोरा रोचक जोशी, लिला पछाईंको आमा राधा पछाइँ, दिदी गीता पछाईंको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ ।
मुद्दा दायर भएपछि रविको सांसद पद के हुन्छ
काठमाडौ। रास्वपाका सभापति रहेका रवि लामिछानेविरुद्ध दुई महिनादेखि थुनामा रहेका छन । आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर भएपछि उनको सांसद पद के हुन्छ भनी कतिपयले जिज्ञासा समेत राखेका छन् ।अभियोग लागेका कारण मात्रै भने उनको पद अप्ठेरोमा पर्दैन तर संविधानको धारा ८७ मा योग्यता पुगेको कुनै पनि सांसद संघीय कानून अनुसार अयोग्य नभएसम्म पदमा बहाल हुने व्यवस्था छ । रवि लामिछाने विरुद्ध मुद्दा दायर भएकोल।मो समय भइसक्यो तर अहिलेसम्म उनको मुद्दाको फैसला आउन कम्तिमा पनि एकाध वर्ष लाग्ने जस्तो देखिन्छ ।‘महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले दिनुभएको यो अबिबेक्ति सुनम मुद्दा दायर भएकै कारण कसैलाई दोषी किटान गर्न मिल्दैन, अदालतबाट दोषी ठहर नभएसम्म उहाँको पद तलमाथि हुँदैन अदालतबाट अन्तिम फैसला आइसकेपछि मात्रै फैसलाका आधारमा पदको टुंगो हुने हो, अहिले त मुद्दा दायर भएकोमात्रै हो, पदमा केही असर पर्दैन । यो भनाइबाट पुष्टि भइसक्यो कि अन्तिम फैसला नआइनजेलसम्म रबि को पद काहिजादैन ।
दुर्गा प्रसाईं पक्राउ
काठमाडौ। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।सीआईबी प्रमुख दीपक थापाका अनुुसार पक्राउ गरेर व्युरोतर्फ लगेपस्चात थप अनुसन्धान गर्ने सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं उनले अनलाइनखबरसँग भने ।उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।
