
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन ।
बैठकमा विभिन्न नियमावली र कार्यविधिहरुमाथि छलफल हुने बताइएको छ ।
प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ कार्यविधि प्रतिस्थापन, रास्वपाले बनाएको र्यापिडप एक्सन टिम र्याट नियमावली २०८१ , सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफलको तयारी छ ।
समसामयिक पार्टी गतिविधि, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीका बारेमा पनि बैठकमा छलफल हुने बुर्लाकोटीले जानकारी दिए ।
रास्वपा यतिबेला विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा छ, उता हर्क र कुलमानले समेत पार्टी निर्माण गर्ने चर्चा छ, यसो त नयाँ सबै एकै ठाउँ आउने वातावरण भए, बालेन ले पनि पार्टी खोल्नेछन, उनको तयारी निकै फरक र आश्चर्यजनक लाग्ने छ, उनले छोटो समयमै पार्टी घोषणा गर्ने र स्थानिय तहका धेरै क्षेत्रमा जीत हाशिल गर्ने लक्ष्य राखेका छन ।
नयाँ पार्टी भर्सेज पुरानाहरु बिचको मुख्य लँडाई को हतियार र तौरतरिका नबुझे अबको ८४ को चुनाबि नतिजा पनि सोचेभन्दा फरक आउने निश्चत छ । देश बनाउने र जनताले चाहेको राज्य व्यवस्था स्थापना गर्ने खाका चाहिं न नयाँ सँग देखिन्छ न पुरानो सँग, तर पुराना भन्दा जनताले नयाँलाई रुचाईरहेका छन ।
