दक्षिण कोरिया जान आवेदनको मात्रै ५३ करोड रुपैयाँ बाहिरियो, १ लाख ४३ हजार बढिले भरे फारम
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट दक्षिण कोरिया जान १ लाख ४३ हजार भन्दा बढिले आवेदन दिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए ।
सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए
काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् ।
आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको मूल्यसूची तोक्दै हिजोकै मूल्य आज सुन र चाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।
कैद भुक्तान सकिने दिन कोशी अस्पतालमा कैदीको मृत्यु
विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
४ करोड डलर भ्रष्टाचार गरेको आरोपमा युक्रेनका शीर्ष अधिकारी पक्राउ
कीएभ । ४ करोड डलर (५ अर्ब नेपाली रुपैयाँभन्दा बढी) रकम भ्रष्टाचार गरेको आरोपमा युक्रेनको रक्षा मन्त्रालयका शीर्ष अधिकारी पक्राउ परेका छन् । युक्रेनियन सेक्युरिटी सर्भिस (एसबीयू) का अनुसार गोलाबारुद खरिद प्रक्रियामा भ्रष्टाचार भएको हो ।
२१ सयभन्दा तल झर्यो सेयर बजार
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २१ अंक घटेर २०८८ मा कायम भएको हो ।
विद्यालय शिक्षा विधेयकमा १७५७ वटा विवरणसँग संशोधन प्रस्ताव
काठमाडौँ । विद्यालय शिक्षा विधेयमा १ हजार ७५७ वटा संशोधन प्रस्ताव पेस गरिएको छ । संसद्को शिक्षा समितिमा दफावार छलफलका लागि पेस गरिएको विधेयकको मस्यौदामा १५२ जना सांसदहरूले संशोधन प्रस्ताव पेस गरेका हुन् ।
यमनमा युद्धरत पक्ष शान्ति प्रक्रिया अघि बढाउन सहमत
दुबई । यमनका लागि संयुक्त राष्ट्रसङ्घीय दूतले यमनका युद्धरत पक्षहरूले नयाँ युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन सहमत भएको बताएका छन् ।
निलम्बन फुकुवा माग गर्दै सांसद कोइरीले दिए निवेदन
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु, आइतबार हेर्दाहेर्दैमा रहने सम्भावना
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा सुनुवाइ सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो ।