कुमार रम्तेललाई पोखरा पठाइयो
काठमाडौ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई पोखरा फिर्ता गरिएको छ ।शनिबार काठमाडौ ल्याइएका रम्तेको बयान सकेर सोमबार साँझ पोखरा फिर्ता गरिएको हो । जिल्ला प्रहरी काठमाडौंका एक अधिकृतका अनुसार रम्तेललाई सोमबार साँझ प्लेनमार्फत पोखरा पठाइएको हो ।स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की कारागारमा रहेका रम्तेललाई झिकाएर प्रहरीले बयान लीएको हो ।रम्तेललाई पोखरा फिर्ता गरिएसँगै आजै कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउन लागिएको छ । काठमाडौं परिसरका एक अधिकृतका अनुसार आज छविलाई ल्याएर बयान गराउने र छवीको बयान सकिएपछि मात्रै रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्गा प्रसाईं पक्राउ
काठमाडौ। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।सीआईबी प्रमुख दीपक थापाका अनुुसार पक्राउ गरेर व्युरोतर्फ लगेपस्चात थप अनुसन्धान गर्ने सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं उनले अनलाइनखबरसँग भने ।उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ
काठमाडौ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बाँस्तोला, चितवन भरतपुर महानगरपालिका–१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीया शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका–४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् ।पक्राउ मध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।
असिनाले ३५५ रोपनीमा लगाएको धान र कोदो नष्ट
असिनाले ३५५ रोपनीमा लगाएको धान र कोदो नष्ट, पीडित किसानहरु क्षतिपूर्ति र राहतका लागि सम्बन्धित निकायमा अनुरोध गर्दैकाठमाडौ। गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ ।स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले क्षतिको विवरण सार्वजनिक गरेपछि सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको छ ।बेनी–२ का वडासदस्य चन्द्रकान्त रिजालको जानकारीअनुसार असिनापानीले खेतमा पाक्नै लागेको धान र कोदोमा क्षति पु¥याएको छ ।गौश्वारामा गरिएको धानखेतीमा असिना पानीले ८० प्रतिशतसम्म दाना झारेको पाइएको छ भने अधिकांश ठाँउमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ अब यसलाई बिडमवना भनम कि बादयता किसान अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन् पीडित किसानहरु क्षतिपूर्ति र राहतका लागि सम्बन्धित निकायमा अनुरोध गरीरहेका छन् ।असिनासहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ , नकाटेको धानका बोट ढलेको छ त्यसैगरी दाना सबै झरेर पराल मात्र बाँकी रहेको भनि स्थानीय किसान शन्तबहादुर नेपालीले बताए ।भित्र्याउने समयमा पानीले क्षति पु¥याइदिएपछि किसानहरु चिन्तित भएको भनी नगरपालिका–२ सानालेखका नारायण शर्माले बतउनुभयो । ‘धानको एउटा बोट पनि ठाडो छैन, खेतैभरि पानी भरिएको छ’, उनले भने, ‘एक दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो । यति धेरै समस्या का बाबजुत पनि किसानहरुले आफनो कामलाई निरन्तर गरीरहदा साचैनै तारीफयोग्य छ । यद्दापि किसानहरुले जस्तोसुकै कठिन परिस्तितिमा पनि कामलाई निरन्त्रता दिरहदा पनि हाम्रो देशको सम्बन्दित निकाय हरुले केहि गर्नसकेका छैनन । कसानहरुले अब वर्षभरि के खाने हो ?’३५५ रोपनीमा लगाएको धान र कोदो पानीले नष्ट पार्यो भन्दै गर्दासम्बन्दित निकायवालाहरुले हेर्नु भएकैहोला यदि हेर्दै हुनुहुन्छ भने किुसानले माग गर्नु भएको क्षतिपूर्ति र राहतकालागि तुरुन्तै पहल गरीदिनुहुन भनि अनुरोद गदर्छु ।
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ रु एक लाख ६५ हजार कायम भएको छ । महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा रु ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु दुई हजार ७५ निर्धारण भएको महासङ्घले जनाएको छ ।
पोखरामा विरोध प्रदर्शनको तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यकर्ताले पोखरामा विरोध प्रदर्शनको तयारी गरीरहेका छन् । राष्ट्रिय मानव अधिकार चोकमा कार्यकर्ता जम्मा भएका छन् ।पूर्व गृहमन्त्री समेत रहनुभएको रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । उहाँलाई शनिबार बिहान पोखरा ल्याइएको हो । आज सार्वजनिक बिदा परेका कारण भोलि (आइतबार) मात्रै अदालतमा उपस्थित गराइन कास्की प्रहरीले जनाइएको छ ।सरकारले लामिछानेलाई षड्यन्त्रपूर्ण तवरले पक्राउ गरेको भन्दै उहाँको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा विरोध प्रदर्शनको तयारी थालेको छ । कार्यकर्ता भेला भईविरोध प्रदर्शनअझ तिव्ररुपमा हुने तयारी देखीन्छ ।
लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने
काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रविलामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्य दर्शन बचत ऋण सहकारीको रकम गोरखा मिडिया प्रालिमा लगि ठगी गरेको अभियोग लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ ।जिल्ला अदालत कास्कीबाट शुक्रबार दिउँसो पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरी स्थल मार्गबाट पोखरा ल्याइएको छ । शनिबार बिहान पौने ३ बजेतिर पोखरा ल्याई पु¥याइएको थियो भने गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणपछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । सूर्य दर्शन सहकारी ठगीका अनुसन्धानकर्तासमेत रहनुभएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले लामिछानेको स्वास्थ्य अवस्था ठिक रहेको र जिल्ला प्रहरी कार्यालयको हिरासतमा छुट्टै राखिएको र शनिबार बिदा भएकोले आइतबार मात्र अदालतमा पेस गर्छौँ भनी उल्लेख गर्नुभयो । कास्की प्रहरीकै हिरासतमा यही अभियोगमा पक्राउ पर्नुभएका गोरखा मिडिया सञ्चालक छविलाल जोशीसमेत हुनुहुन्छ ।सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी गठित संसदीय छानबिन समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको थियो । लामिछाने गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशके हुनुहुन्छ । उहाँसहित विभिन्न कम्पनी र व्यक्तिलाई विपक्षी बनाएर सहकारी पीडितले गत वर्ष माघ २२ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । कास्की प्रहरीले शुक्रबारै लामिछानेसहित १४ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको छ । सूर्य दर्शन बचत तथा ऋण सहकारीमा १८ हजार सात सय जनाको एक अर्ब ३५ करोड अपचलन भएको विभिन्न छानबिन समितिले देखाएका छन् । सूर्य दर्शन सहकारी ठगीकमुख्य योजनाकार मानिएका पूर्व अध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई, भूपेन्द्र राई, थानबहादुर बुढा, धिरजकुमार दास लगायत फरार छन् ।यही मुद्दामा शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’, भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, पूर्व उपाध्यक्ष कैलाशकुमार दर्लामी मगर र सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामा छन् ।
बुद्ध एयरको इन्जिनमा समस्या
काठमाडौ । बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएको छ । बिहान साढे ६ बजे उडेको उडान नम्बर १०० नाइन एन एजेएस कलसाइन भएको बुद्ध एअ जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।बुद्ध एयरले सामाजिक सञ्जाल एक्समा परकासीत सुचना अनुुसार बिहिबार बिहान उडेको जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो । ३५ जना यात्रु लिएर माउन्टेन प्लाइटका लागि उडेको सो जहाज उडेको १५ मिनेटमै काठमाडौँमा अवतरण गरेको कारणले जहाजमा गएका ती यात्रुलाई अर्को फ्लाइटबाट पुनः माउन्टेन फ्ल्याइट गराइने बुद्ध एअरले सामाजिक सञ्जाल एक्समा जनाएको छ ।
हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्दार
काठमाडौ । गृह मन्त्रालयले शनिबार र आइतबार बिहान हाल सम्म नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्दार गरेको छ ।गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिब ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्दार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो।खराब मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइएपनि उद्दार गर्न असहज भएको थियो । काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्दार कार्य जारी राखेको छ । प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरुको उद्दारमा सेनाले लगातार हवाइ उद्दार गरिरहेको बताउनुभयो ।त्यसैगरी शनिबार उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाइ उद्दार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताउनुभयो । तथ्याङ् अनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् । गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्दार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकपताका साथ लाग्न निर्देशन दिइसकेका थिए ।