२९ साउन २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- शेयर बजार आज सोमवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ विन्दुमा झरेको छ ।
आज फाइनान्स, होटल, जलविद्युत्, लगानी, बीमा, अन्य र व्यापार समूहको शेयर सामान्य ओरालो लागेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनीको शेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर कम्पनी र अपर साङ्गे जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज ५४ लाख १७ हजार कित्ता शेयर दुई अर्ब नौ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्सको ११ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
![Author](https://bmn.news/storage/media/162/conversions/square-dark-thumb-thumb-thumb-thumb.jpg)
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?