काठमाडौं । तीव्र उतारचढावसँगै नेपाल स्टक एक्सचेन्ज ९ नेप्से दोहोरो अंकले बढेर २२ सयको बिन्दु माथि पुगेको छ । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक २९।२१ अंकले बढेर २२०४।६१ बिन्दुमा रोकिएको हो ।
बिहीबार बजारमा २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयरको खरिद बिक्री हुँदा ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रूपैयाँको कारोबार भएको छ ।
बलेफी हाइड्रोपावर, सिटिजन्स सुपर ३० म्युचअल फन्ड, एनआइबीएल स्टेबल फन्ड, जानकी फाइनान्स कम्पनी र सिटिजन्स म्युचअल फन्ड २ को सेयर मूल्य सर्वाधिक बढेको छ । भने, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था, एनएमबी ५० र सेन्चुअरी डेबेन्चर २०८८ को सेयर मूल्यमा धेरै गिरावट भएको छ ।
त्यसैगरी, कारोबारका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी १५ करोड २५ लाख ८१ हजार रूपैयाँको कारोबारका साथ शीर्ष स्थानमा छ ।