ओखलढुंगा । २०८१ साल पौष २० गते शनिबारका दिन ओखलढुंगा जिल्लाको सुनकोसी गाउँपालिका सिस्नेरीमा एक युवक रुखमा झुण्डिएको अबस्थामा फेला परे, दर्शकविनहरु जापानबाट भर्खरै फर्केका ति युवा को हुन भनि प्रहरीले गरेको अनुसन्धानबाट काठमाडौंको पिंगलास्थानमा मृत फेला परेकी सुस्मिता सँग एक होटमा बसेका युवा देब बहादुर थापा रहेको खुलेको छ ।
गएको पौष १७ गते बुधबार, काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक पनि मृत फेला परेका छन् । उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
देब बहादुर सहित गेष्टहाउसमा बसेकि सुस्मिता १७ गते मृत अबस्थामा फेला परेकी थिईन, त्यसको ४ दिन पछि ओखलढुंगा पुगेर देबले आत्माहत्या गरे वा यो घटनामा अरु कुनै रहस्य छ यो अनुसन्धान बाटै खुल्ला, तर उनिहरु प्रेममा रहेका र बिबाद पछि यस्तो घटना घटेको आशंका गरिएको छ, युवतिको कसरी मृत्यु भयो ? र किन युवाले त्यति टाढा पुगेर आत्माहत्या गरे भन्ने कुरा निकै रहस्यमय छ ।
शनिबार दिउँसो देबकुमार ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । युवतीको मृत्युको कारण नखुले पनि होटलमा ती युवती र युवकसँगै बसेको पुष्टि भइसकेको छ । युवतीको शव बुधबार फेला परेको थियो, यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पछिल्लो समय सामाजिक संजालमा चिनजान र भेटघाटले बनेका सम्बन्धले यस्ता कयौं घटनाहरु घटिरहेका छन । समाजमा सचेतना र सामाजिक संजालको प्रयोग बारे आम जनतामा सरकारले सचेतनामुलक कार्यक्रम चलाउन जरुरी देखिन्छ । बिएमएन टेलिभिजनका लागी रश्मि योन्जन ओखलढुंगा ।