• ३ माघ २०८१, बिहिबार
  • Thu, 16 Jan 2025
गोरखापत्र
blog

ईलाम चुनावको सिंहावलोकन...कसले मार्ला बाजी ?

इलाम । इलाम २ को उपनिर्वाचन, अब मात्रै २ दिन बाँकी छ, चुनाव नजिकिदै गर्दा दलहरुको प्रचारप्रसार अभियान भन्दा फरक प्रतिस्पर्धा हुने देखिन्छ, बास्तबीक फिल्ड रिपोर्टले यो पटक पनि चुनाव नेकपा एमाले र नेपाली कांग्रेसकै बीचमा कडा टक्कर हुने देखिन्छ । करिब १ लाख २० हजार जति मतदाता रहेको यो क्षेत्रमा २०५६ सालदेखि सुबास नेम्वाङले जित्दै आईरहेका थिए, नेम्वाङको साहानुभुती मत उनका छोराले पाउने नै देखिन्छ । यसो त कांग्रेसका डम्बर खड्काले आफनो मत घटाएको देखिंदैन, उनिपनि उतिकै मजबुद देखिन्छ, स्वतन्त्र उम्मेद्वार र रास्वपाका उम्मेद्वारहरुको सोसल मिडियामा भएको प्रचार बाहेक चुनाव जित्ने अरु टुल्सहरु कुनै प्रयोग भएको देखिंदैन, चुनाव यस कारण पनि एमाले र कांग्रेस बिचमै बढी प्रतिष्पर्धा हुने देखिन्छ । रास्वपाका मिलनले १५ देखि बढीमा १८ प्रतिशत अनि स्वतन्त्र उम्मेद्वार डेकेन्द्रको करिब १२ देखि १५ प्रतिशत मत आउने स्थीति जनमतले देखाउँछ, एमालेका सुहाङ ३५ प्रतिशत र कांग्रेसका डम्बर ३२ प्रतिशतमा हिंडिरहेका छन । नयाँलाई हेर्ने हो भने, ८४ नै कुर्नुपर्ने अवस्था ईलामले देखाउने अनुमान गर्न सकिन्छ, यो पटक सुहाङले नै बाजी मार्लान कि त भन्ने कुरा जनमतको टाईमलाईनले देखाउँछ । हामीले गरेको मत सर्वेक्षण यदि डाटाबेसमै गर्न पाएको भए, हामी अझै प्रष्ट भन्न सक्थ्यौं, कि चुनावको पोल ढल्कीरहेका छ ? तर पनि अनुमान भने गर्न सकिन्छ, ईलामले यदि मत बदल्ने साहास गर्दथ्यो भने, पूर्वि नेपालको राजनीति बदलिन अर्को ८४ साल नै कुर्नुपर्ने थिएन, यसको प्रभाव देशभर नै पर्ने थियो । दलहरुको गठबन्धन गरेर चुनाव लड्ने रणनीतिले भने ठ्याक्कै हाल कुन दलको अबस्था कस्तो छ भनेर डेटामा हेर्न नसकिने स्थीति छ । यद्यपी मत भने स्वतन्त्र र नयाँ दलका उम्मेद्वारहरु पनि काट्ने देखिन्छ, नयाँ भन्नेहरुले गठबन्धनलाई हराउन, गठबन्धनै गर्नु पर्दथ्यो, नयाँ आएकाहरुको पनि आ आफनै दम्भ छन्, फलतः न नो नट अगेन, कामीयाप हुने देखिन्छ, न अबको चुनावको कुनै जग बन्ने देखिन्छ । राजनीति र चुनाव विश्लेसनको ईलाम रिपोर्ट आजलाई यति नै, जनताको चासोका विषय हामी उठाईरहेका छौं, ।

blog

राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता,भेटमा आपसी हित र चासोबारे छलफल हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी बिच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।

blog

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति पौडेल ले गरे स्वागत

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३स्३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

blog

हतारिएर कम्युनिस्ट एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हौसिएर हतारमा कम्युनिस्ट एकता गर्ने पक्षमा आफू नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा एमालेले सोमबार ललितपुरमा आयोजित हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

blog

राष्ट्रपति पौडेलले विमानस्थलमा कतारी राजाको स्वागत गर्ने

काठमाडौँ । कतारी (अमिर राजा)को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् ।

blog

यस्ता छन उपनिर्वाचनको नियम, के-के गर्न पाइदैन ?

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले सुरक्षा व्‍यवस्था कडा पार्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले आजै सम्पन्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतको आधारमा सुरषा व्‍यवस्था कडा बनाउने भएको हो ।

blog

आधार प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिताले बागमती प्रदेशलाई खेलकुदमा जगाएको आशा

काठमाडौं । पछिल्लो समय खेलकुद प्रतियोगिताहरु स्थानिय स्तरमा हुन थालेका छन् । स्थानिय स्तरले आयोजना गर्ने खेलकुद प्रतियोगिताको व्यवस्थापन र त्यसको पूर्णता दिन केही हदसम्म चुकेको पाइन्छ ।

blog

सौराहका अव्वल व्यवसायी महेश खनाल, जस्ले चलाउछन पार्क सफारी रिसोर्ट

चितवन । महेश खनाल पर्यटकिय नगरी सौराहका सफल वयवसायी हुन । उनले कोरोनाको कहरदेखी आर्थिक मन्दीले धाराशाही भएको अवस्थामा समेत आँनो व्यवसायलाई टिकाईरहेका छन ।

blog

भक्तपुर टुर्सले बैषाख १४ गत्ते बिद्यार्थीको उद्यमशिलता बिकासको लागि ३३ पोखरी अध्ययन कार्यक्रम गर्ने

भक्तपुर । भक्तपुर टुरसले बैषाख १४ गत्ते बिद्यार्थीको उद्यमशिलता बिकासको लागि ३३ पोखरी अध्ययन कार्यक्रम गर्ने भएको छ । भक्तपुरको ३३ पोखरी पदमार्गलाई समेत आम्दानीको श्रोत बनाउन सकिने निष्कर्ष भक्तपुर टुर्सको छ ।

blog

आइपिएलमा पाँच हजार रन बनाउने धोनी पहिलो विकेटकिपर

काठमाडौँ । चेन्नई सुपर किंग्सका पूर्वकप्तान महेन्द्र सिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल) मा पाँच हजार रन पूरा गर्ने पहिलो विकेटकिपर बनेका छन् ।

blog

नाउपाको अध्यक्ष विवादको मुद्दा न्यायाधीश भट्टराई र शर्माको इजलासमा, आज सुनुवाई हुदै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष विवादको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा सो मुद्दाको पेशी तोकिएको छ ।

blog

पाटन क्याम्पसमा संयुक्त विद्यार्थीले गरेको तालाबन्दी अझै खुलेन,भोलिबाट पेन डाउन गर्ने प्राध्यापकको चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ पाटनले पाटन संयुक्त क्याम्पसको प्रशासन तालाबन्दीको कारण असहज भएको बताएको छ । प्राध्यापक संघले एक विज्ञप्ति जारी गर्दै भोलिबाट पेन डाउन गर्ने चेतावनी दिएको हो ।

blog

डा. गोविन्द के. सी फेरी सत्याग्रहको बस्ने, दिए तीन हप्ताको अल्टिमेटम

काठमाडौँ । अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका छन् ।

blog

राष्ट्रपति चुरे कार्यक्रमका एक अधिकृत घूस लिँदालिँदै पक्राउ

काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईका एक अधिकृत घूस लिँदालिँदै पक्राउ परेका छन् ।

blog

राष्ट्रपति चुरे कार्यक्रमका एक अधिकृत घूस लिँदालिँदै पक्राउ

काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईका एक अधिकृत घूस लिँदालिँदै पक्राउ परेका छन् ।

गोरखापत्र