इलाम । इलाम २ को उपनिर्वाचन, अब मात्रै २ दिन बाँकी छ, चुनाव नजिकिदै गर्दा दलहरुको प्रचारप्रसार अभियान भन्दा फरक प्रतिस्पर्धा हुने देखिन्छ, बास्तबीक फिल्ड रिपोर्टले यो पटक पनि चुनाव नेकपा एमाले र नेपाली कांग्रेसकै बीचमा कडा टक्कर हुने देखिन्छ ।
करिब १ लाख २० हजार जति मतदाता रहेको यो क्षेत्रमा २०५६ सालदेखि सुबास नेम्वाङले जित्दै आईरहेका थिए, नेम्वाङको साहानुभुती मत उनका छोराले पाउने नै देखिन्छ ।
यसो त कांग्रेसका डम्बर खड्काले आफनो मत घटाएको देखिंदैन, उनिपनि उतिकै मजबुद देखिन्छ, स्वतन्त्र उम्मेद्वार र रास्वपाका उम्मेद्वारहरुको सोसल मिडियामा भएको प्रचार बाहेक चुनाव जित्ने अरु टुल्सहरु कुनै प्रयोग भएको देखिंदैन, चुनाव यस कारण पनि एमाले र कांग्रेस बिचमै बढी प्रतिष्पर्धा हुने देखिन्छ ।
रास्वपाका मिलनले १५ देखि बढीमा १८ प्रतिशत अनि स्वतन्त्र उम्मेद्वार डेकेन्द्रको करिब १२ देखि १५ प्रतिशत मत आउने स्थीति जनमतले देखाउँछ, एमालेका सुहाङ ३५ प्रतिशत र कांग्रेसका डम्बर ३२ प्रतिशतमा हिंडिरहेका छन ।
नयाँलाई हेर्ने हो भने, ८४ नै कुर्नुपर्ने अवस्था ईलामले देखाउने अनुमान गर्न सकिन्छ, यो पटक सुहाङले नै बाजी मार्लान कि त भन्ने कुरा जनमतको टाईमलाईनले देखाउँछ ।
हामीले गरेको मत सर्वेक्षण यदि डाटाबेसमै गर्न पाएको भए, हामी अझै प्रष्ट भन्न सक्थ्यौं, कि चुनावको पोल ढल्कीरहेका छ ? तर पनि अनुमान भने गर्न सकिन्छ,
ईलामले यदि मत बदल्ने साहास गर्दथ्यो भने, पूर्वि नेपालको राजनीति बदलिन अर्को ८४ साल नै कुर्नुपर्ने थिएन, यसको प्रभाव देशभर नै पर्ने थियो । दलहरुको गठबन्धन गरेर चुनाव लड्ने रणनीतिले भने ठ्याक्कै हाल कुन दलको अबस्था कस्तो छ भनेर डेटामा हेर्न नसकिने स्थीति छ ।
यद्यपी मत भने स्वतन्त्र र नयाँ दलका उम्मेद्वारहरु पनि काट्ने देखिन्छ, नयाँ भन्नेहरुले गठबन्धनलाई हराउन, गठबन्धनै गर्नु पर्दथ्यो, नयाँ आएकाहरुको पनि आ आफनै दम्भ छन्, फलतः न नो नट अगेन, कामीयाप हुने देखिन्छ, न अबको चुनावको कुनै जग बन्ने देखिन्छ । राजनीति र चुनाव विश्लेसनको ईलाम रिपोर्ट आजलाई यति नै, जनताको चासोका विषय हामी उठाईरहेका छौं, ।