तीन सयभन्दा बढी विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण,
काठमाडौ । बाँके जिल्लाको डुडुवा गाउँपालिकाको विकट र अविकसित मानिने वडा नम्बर ६ भनघोटनास्थित सरस्वती माध्यमिक विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरेर ३३५ जना विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । लायन्स क्लब अफ नेपालगन्ज बाँकेले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य अवस्था बुझ्न र बिरामी भए उपचार गर्नका लागि सहयोग गर्न विद्यालयमा कान आँखा जाँच शिविर राखेर ३३५ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्ने कार्य गरेको विद्यालयकी शिक्षिका माधवी शाहले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न ठाउँमा पुगेर स्वास्थ्य उपचारका लागि सहयोगी भूमिका खेल्दै आएको लायन्स क्लब अफ नेपालगन्जले गरेको शिविरमा ग्रामीण क्षेत्रका विद्यार्थीहरूको कान र आँखा चेकजाँच गरी निःशुल्क औषधी दिएको र जटिल समस्या देखिएकाहरुलाई सम्बन्धित अस्पतालमा रिफर गरिएको छ ।लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष प्रिन्सु जैनले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको स्वास्थ्य अवस्था बुझ्न र समस्या देखिए उपचारमा सहयोग गर्नका लागि २२ जनालाई ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र फुल्टेक्रामा रिफर गरिएका छ । सो शिविरमा नेपालगन्जस्थित भिजन आँखा अस्पताल र ब्रिनोज कान उपचार केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीबाट विद्यार्थीको कान र आँखा परीक्षण गरिएको थियो । सो स्वास्थ्य शिविरमा लायन्स क्लबका वरिष्ठ अग्रजहरु मुकुन्द ढकाल, ज्ञानेन्द्र श्रेष्ठ, शशी स्वाँर, कृष्ण प्रसाद श्रेष्ठ, गुन्जन सोनिया, प्रकाश लामिछाने, जितेन्द्र जोशी, ऋदिकरण सिंह तथा बिद्यालयका शिक्षक र विद्यार्थीहरुको उल्लेख्य सङ्ख्यामा सहभागिता रहेको थियो ।
पर्सनल केयर प्रोडक्टहरूमा भेटियो घातक रसायन
बुटवल । नेपालमा आयात, बिक्री वितरण तथा प्रयोग भैरहेका व्यक्तिगत सुरक्षाका सामग्रीहरूमा (पर्सनल केयर प्रोडक्ट) घातक रसायन प्रयोग हुने गरेको भेटिएको छ।
बढ्यो अत्यधिक गर्मी, बिहान ११ देखि दिउँसो ३ बजेको बिचमा बाहिर नसिक्न चिकित्सकको सुझाव
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावा चल्न थालेको छ । गर्मीको यस्तो अवस्थामा स्वास्थ्यमा विभिन्न समस्या देखिनसक्ने चिकित्सकहरूको सुझाव छ ।
ग्राण्डी अस्पतालले मिचेको सरकारी जग्गामा परेन बालेनको आँखा, मौन सरकार
काठमाडौ । ग्राण्डी अस्पताल, नाम सुन्दै यो अस्पताल धनाढ्यहरुका लागी खोलिएको ईन्टरनेशनल हस्पीटलका रुपमा चिनिन्छ । यो हस्पीटल सामान्य मानिसहरुले उपचार गर्न सक्ने खालको हस्पीटल भने हैन । यहाँ हजार हैन, लाखौं बोकेर जानु पर्दछ, तर नेपाली जनताले यति राम्रो हस्पीटल पाएकोमा गर्भ गर्नपर्ने कुरा अस्पतालका अध्यक्ष दिपक कुवँर बताउँछन ।
जिबिएस प्राणघातक रोग संग लड्दै तिला गाउँपालिकाका दिपेश परियार, छैन उपचार गर्ने पैसा, गर्दैछन सबैसंग सहयोगको अपिल
काठमाडौँ । जुम्ला तिला गाउँपालिका वडा नं १२ का विकल्प परियार (दिपेश) अहिले GBS जस्तो प्राणघातक रोग संग लडिरहेका छन ।
पाटन अस्पतालमा बिरामीको मृत्यु प्रकरण : औषधिका कारणले मृत्यु नभएको रिपोर्ट
काठमाडौँ । पाटन अस्पतालमा इन्जेक्सनमार्फत औषधि चलाइएको केही समयपछि दुई जनाको मृत्यु भएको भनिए पनि औषधिका कारणले मृत्यु नभएको रिपोर्ट आएको छ । गत कात्तिक १८ गते अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा दुई जनाको मृत्यु भएको थियो ।
गेटामा डा.केसीलाई अनशन बस्न संघर्ष समितिको अवरोध
काठमाडौं । आमरण अनशन बस्न गेटा मेडिकल कलेज, धनगढी पुगेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीलाई संघर्ष समितिले अवरोध गरेको छ ।
पाटन हस्पिटलका २ डाक्टरमाथि कुटपिट
डाक्टरहरु कुटिने क्रम जारी छ । पाटन हस्पिटलका २ जना डाक्टरहरुमाथि कुटपिट भएको छ । दुई डाक्टरमाथि कुटपिट भएपछि चिकित्सकहरू यतिखेर आन्दोलित भएका छन् ।
विश्वकपमा छनौट भए नेपाली क्रिकेट टोलीलाई १५ लाख दिने घोषणा
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आईसीसी टी–२० विश्वकपमा छनौट भएमा नेपाली क्रिकेट टोलीलाई १५ लाख पुरस्कार दिने भएको छ ।
किष्ट अस्पताल एकैसाथ कलेजो र मृगौला प्रत्यारोपण गर्न सफल
काठमाडौं । किष्टमेडिकल कलेज तथा शिक्षण अस्पतालले, नेपालकै इतिहासमा कलेजो र मृगौलाको एकैसाथ सफल प्रत्यारोपणगरिएको दाबी गरेको छ ।