चितवन । सौराहामा केन्द्रीय सरकार र प्रदेश सरकारका प्रमुख उपप्रमुख एवं सचिवालयहरु बिच २ दिने अनुभव आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।
कार्यक्रम उद्दघाटन सत्रमा शुभकामना मन्तव्यकै क्रममा राखेका विषयहरुलाई हेर्दा अझैपनि यि दुबै सरकार बिच कतैपनि तालमेल नभएको दखिन्छ । कतिपय विद्येयक र कानुन बनेपनि कार्यन्वयन नभएका र बन्न पनि बाँकी रहेको कुरा प्रतिनीधि सभाका प्रमुख उपप्रमुख र राष्ट्रिय सभाका प्रमुखबाट प्रष्ट बुझिन्छ ।
अन्तरक्रियामा कर्णालीका प्रमुख बिरामी भएर आउन नसकेको जानकारी सँगै अन्तरक्रियामा आउन नसक्ने खबर पठाएको कुरा समेत अध्यक्ष घिमिरेले खुलाउनु भयो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले संघिय संसदले बिजनेस दिन नसकेको कुरा शुभकामनाकै बक्तव्यमा बोल्नुभयो । हिउँदको मौसममा हिउँदे अधिवेशन हुँदै गर्दा विद्येयक अधिवेशन सरकारले ढिलो सुरु गरेको कुरा उल्लेख गर्नुभयो । विद्ययेक माथी व्यापक छलफल गर्नुपर्ने समयमा सांसदहरु व्यक्तिगत स्वार्थमा लागेको आरोप पनि अध्यक्ष तिमिल्सीनाले लगाउनुभयो । संघिय संसदले समयमै विद्ययेक नबाएपछि मुलुकमा शुसासन कायम हुन नसकेको उहाँको भनाई थियो । उहाँले सरकारले निर्दिष्ट गरेका काममा ईच्छाशक्ति कम देखाएको र बिकास निर्माणलाई प्राथमिकता दिने नसकेको कुरा समेत राख्नुभएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको कार्यकाल यहि फाल्ष्गुण २० गतेदेखि सकिंददैछ ।
यसैबिच प्रतिनीधि सभाका सभामुख देवराज घिमिरेले संघिय संसद र प्रदेश सभा बिच समन्वय र सहकार्य गर्न यस्ता अन्तरक्रिया फदायी हुने बताउनु भयो । अन्तरक्रियामा संघ र प्रदेशका विद्ययेकहरु बनाउन र कार्यन्वयन गर्न घनिभुत छलफल गर्नुपर्ने कुरामा उहाँको जोड थियो ।
कार्यक्रममा विभिन्न प्रदेशबाट आएका सभामुखहरुले आआफ्ना बिचार व्यक्त गरेका थिए । कार्यक्रम संघीय संसद् सचिवालयको आयोजनामा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास समितिले गरेको थियो ।