२८ वैशाख २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। राप्रपाले जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाएको हो।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
साथै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समितिले तयार पारेको पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ।
यस्तै बैठकमा समसामयिक राजनीतिक विषय समेत छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?