काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ ।
जेठ १, २ र ३ गते बसेको राप्रपाको बैठकले सरकारी तलब भत्ता खाने कर्मचारीको संगठन नबनाउने निर्णय गरेको प्रवक्ता सगुन लावतीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । त्यस्तै राप्रपाले विद्यार्थी संगठनलाई गैर राजनीतिक बनाउने निर्णय पनि गरेको छ ।
राप्रपाले पार्टीका हरेक समिति र तहहरूमा महिलालाई कम्तीमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने बताएको छ ।
त्यस्तै प्रारम्भिक रूपमा प्रादेशिक र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुबैतर्फ ५० प्रतिशत उम्मेदवार ‘प्राइमरी निर्वाचन प्रणाली’बाट चयन गर्ने निर्णय पनि गरेको प्रवक्ता लावतीले बताएका छन् ।
बैठकले अध्यक्ष राजेन्ल्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र कोषाध्यक्ष निलकण्ठ काफ्लेले पेश गरेको प्रतिवेदन पनि पारित गरेको छ ।