काठमाडौँ- निजामती कर्मचारी आबद्ध कुनै पनि सङ्गठन नबनाउने पनि राप्रपाले निर्णय लिएको छ ।
‘अब भ्रष्टाचारका सबै स्रोतहरू नै बन्द गरौँ, त्यसैले राप्रपाले सरकारी वेतनधारीको भातृ सङ्गठन नबनाउने निर्णय गरेको छ,’ उनले भने । उनका अनुसार एउटा सरकारी कार्यालयमा ७ वटा युनियनको बोर्ड झुन्डाएर सन्सारमा कुनै देशले प्रगति गरेको छैन।सरकारी वेतनधारीको भातृ सङ्गठन जघन्य अपराध रहेको उनको भनाई छ ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोधमा आज प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन राप्रपाले प्रदर्शन गर्न लागेको हो ।
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रका अनुसार वसन्तपुरमा आज दिनको १ बजे प्रदर्शन गरिनेछ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.