१४ जेठ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि हुँदैछ ।
काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलास न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा आरोपीहरूको बयान निरन्तर हुनेछ । शुक्रवार केशव प्रसाद दुलाल र सागर राईको बयान सकिएको थियो।
बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा १७ जना थुनामा छन्। अदालतमा बयान पुरा हुन कम्तीमा ६ दिन लाग्ने बताइएको छ। न्यायाधीश न्यौपानेको इजलासमा शुक्रवार दुईजना इजलास अधिकृतहरूले बयान गराएका थिए।
आइतबार इजलास अधिकृत थपेर थप एक जनाको बयान लिने तयारी भइरहेको जिल्ला अदालत काठमाडौले जनाएको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?