२१ जेठ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- राष्ट्रिय सभा बैठकले पूर्व सांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले पूर्व सांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
त्यसैगरी बैठकमा उहाँको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण गरेको थियो । महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री समेत रहनुभएका स्वर्गीय पाण्डे नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य रहनुभएको थियो । २०६४ को संविधान सभा सदस्य पनि हुनुहुन्थ्यो ।
राष्ट्रिय सभाको अर्को बैठक जेठ २२ गते सोमवार अपराह्न १ बजेर १ मिनेटमा बस्ने सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई जानकारी गराउनुभयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
प्रतिनिधिसभा बैठक स्थगन गर्न (राप्रपा)को माग
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार
प्रतिनिधि सभाको बैठक स्थगित
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार