धनकुटा- धनकुटा नगरपालिका फोहोरमैला उत्पादन र व्यवस्थापनमा अब्बल रहको छ । नगरपालिकाले फोहोरमैला उत्पादन र व्यवस्थापन सम्बन्धि विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गरेपछि अग्रस्थानमा रहन सफल भएको हो ।
समुदायमा फोहोरको उत्पादन र व्यवस्थापन पहिलो आवश्यकता रहेको भन्दै नागरिकलाई सुसुचित गर्न चेतनामूलक कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ । पालिकाले संचालन गरेको जनचेतनामूलक कार्यक्रम प्रभावकारी भएको नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो । विभिन्न कार्यक्रमहरु संचालन गरेपछि हाल धनकुटा नगरपालिकाका ९९% नागरिकले बाटोमा फोहोर फाल्दैनन् र प्लाष्टिक बाल्दैनन् । प्लाष्टिक बिक्रीबाट नै वार्षिक रुपमा नगरपालिकाले ६० लाख भन्दा बढी आम्दानी गर्ने गरेको छ ।
विगतका दिनमा नागरिकले फेहोर फालेको स्थानमा अहिले भने नगरपालिकाले बगैँचा र विभिन्न सौन्दर्यीकरण गरेपछि सेल्फी खिच्ने र टिकटक बनाउने मुख्य थलो बनेको छ ।
नगरपालिका फोहोर व्यवस्थापन सम्बन्धि शिक्षा विद्यालय स्तरबाट नै गर्नुपर्छ भन्ने उदेश्यले विद्यार्थीलाई पनि सोही स्थानहरुमा भ्रमणको लागि लाने गरेको छ । विद्यार्थीहरुले पनि समय समयमा फोहोर भएको स्थानमा सफा गर्ने गरेका छन् ।