२ असार २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।
मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।
शुक्रबार राति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । गत मंगलबार मात्रै राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको थियो ।
अघिल्लो महिना मात्रै राष्ट्रपति पौडेलले भारतको नयाँदिल्लीमा उपचार गराउनुभएको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?