१७ असार २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बैतडी- घाँस काट्ने क्रममा लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ।
शनिबार दिउँसो साढे ३ बजेतिर घाँस काट्ने क्रममा मादेव भिरबाट लडेर पाटन नगरपालिका २ ठलकुडाकी ४० वर्षीया लक्ष्मी ऐरको मृत्यु भएको हो।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार ऐर लडेर २५० मिटर तल खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको हो ।
मृतकका श्रीमान् रोजगारीको शिलसिलामा भारतमा छन्।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?