भोजपुर– सुदन किराती भोजपुरमा रोपाईंमा आलि लाउँदैछन्, त्यतिबेलै छाप्यो १५ रोपनी जग्गा हडप्ने तयारी शिर्षकको समचार । आलि नै लाउन छाडेर, उनले सामाजिक संजालमा समचार आउने वित्तिकै खण्डन गरेका छन्, नागरिक दैनिकको भ्रामक समचार सत्य हैन, यो विषय मलाई केही थाहा छैन । पर्यटन मन्त्री बनेपछि चर्चा कमाएका उनि माथी लागेको यो आरेप के कति सत्य हो ? सत्य भएमा एकदिन त खुल्छ नै होला । तर कि नागरिक दैनिक माथी कारबाही हुन पर्यो कि सुदन किराती माथी नत्र मिलेमत्तोमा चुपाचाप, छोपछाप भएमा दुबै दोषी हुन् भन्ने कुराको पुष्टि यसै भईहाल्छ ।
त्यो त छँदैछ, तर उनि आफुलाई व्यक्तिगत रुपमा लाभ नलिने व्यक्तिका रुपमा आफुलाई स्थापित गर्न लाग्दा उनि माथी लागेको यो आरेप मात्रै हो भन्ने कुरा उनले कसरी पुष्टि गर्लान हेर्न बाँकी छ ।
सुदन किरातीको फेबुकमा भएको खन्डण :
ललिता निबास प्रकरणमा धमाधम पक्राउ पर्न लागेको बेला नागरिकले छापेको यो समचारमा कति तथ्य छ, त्यो आगामी अंकले देखाउला तर यसबारे हाम्रो खोज पत्रकारीताको टिमले गहिरो अध्ययन गरिरहेको छ । तथ्य सहितको सत्य हामी पुनः प्रकाशन गर्ने नै छौं । हेर्दै गर्नुहोला विएमएन न्युज ।