काठमाडौं- बझाङ्गको बुङ्गल नगरपालिकाका नगर प्रमुख जयबहादुर धामीले एक नागरिकलाई हातपात गरेका छन् ।
आफ्नो गाडीमा पहिला तेल हाल्न नदिएको भन्दै उनले जिप चालक बुंगल नगरपालिका वडा नं- ८ निवासी ललित बोहरालाइ कुटपिट गरेका हुन् । कुटपिटसंगै मेयर धामीले सवारीको चाबी समेत आफ्नो नियन्त्रणमा लिएको प्रत्क्षदर्शीले बताएका छन् ।
मेयरले गाडी चालकमाथी कुटपिट मात्रै होइन तथानाम गालि पनि गरेको बताइएको छ । उनले डरधम्की दिएर गाडीको लाइसेन्स समेत खारेज गरिदिने चेतावनी पनि दिइरहेका छन् ।
आफू मेयर हु भन्ने अहम्ताले एक सर्बसाधारणको सार्बजनिक सवारी जिपमा तेल हाल्दै गरेको र पछी उहाको गाडी त्यहाँ पुग्दा तेल हालिरहेको गाडिलाइ साइड लगाएर मेरो गाडीमा तेल हाल्नु पर्यो भन्दै गर्दा जिप चालक बुंगल नगरपालिका- ८ निवासी ललित बोहरालाई कुटपिट गरि तथानाम गाली गर्दै चाबी थुतेका हुन् । मेयर जस्तो जिम्मेवार व्यक्तिले दिनदहाडै सर्वसाधरणलाई कुटपिट गरेको भन्दै चौतर्फी चर्को आलोचना भैरहेको छ ।