३ साउन २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
डोटी- आगोले जलेका डोटीको सायल गाउँपालिका–२ भुर्केल्लाका रामबहादुर थापाका छोरा इशानको उपचारमा समस्या भएको छ ।
१४ महिनाका बालक इशान गएको असारमा आगोमा जलेर घाइते भएका थिए ।
दश दिनसम्म नेपालमा उपचार गर्दा निको नभएपछि अहिले भारतको नयाँ दिल्लीमा रहेको गंगाराम अस्पतालमा उपचार भइरहेको छ ।
आर्थिक अभावका कारण बालकको उपचारमा समस्या भएको स्थानीयबासिन्दा एवम् समाजसेवी भक्तबहादुर रोकायाले बताउनुभएको छ ।
अहिलेसम्म एक लाख ६० हजार रुपैयाँ खर्च भैसकेको र थप ८५ हजार भारतीय रुपैयाँ आवश्यक परेको तर परिवारको आर्थिक अवस्था कमजोर रहेको पनि उहाँले बताउनुभयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?