८ साउन २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बैतडी- बैतडीको पुर्चौडी नगरपालिका–२ को भैरुमा पहिरोमा परि आमा छोराको ज्यान गएको छ । गएराति घरमाथिबाट खसेको पहिरोले पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उहाँका पाँच वर्षीय छोरा रिजन जागरीको ज्यान गएको हो ।
पहिरोमा पुरिएर अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो ।
स्थानीय र प्रहरीको सहयोगमा गोब्बरको उद्धार गरिएको र उहाँको उपचार भइरहेको चौधरीले बताउनु भयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?