१९ साउन २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बुटवल- पश्चिम नवलपरासीको पाल्हीनन्दनमा रहेको एक मन्दिरका पुजारी माथि चक्कु प्रहार भएको छ ।
पाल्हीनन्दन गाउँपालिका वडा नम्बर २ भक्सिपुरमा रहेको रामजानकी मन्दिरका पुजारी ५५ वर्षीय जयसराज पाण्डे माथि चक्कु प्रहार भएको हो ।
एक व्यक्तिले बिहीबार दिउँसो साढे तीन बजेतिर पाण्डेको टाउकोमा चक्कु प्रहार गरी मोबाइल लुटेर फरार भएका प्रहरीले जनाएको छ ।
टाउकोमा चोट लागेका पाण्डेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।
उनको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । पाण्डे दुई वर्षदेखि उक्त मन्दिरको पुजारी थिए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?