२० साउन २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बैतडी- ढुंगाले लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका- ४ रक्सौनका ८ वर्षीय रेशम विक रहेका छन्।
विकको देउलेक–कान्धार सडकअन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर मृत्यु भएको स्थानीय बलदेव विकले जानकारी दिए।
सडक तलतिर खेलिरहेका वेला एक्कासी ढुंगा खसेर बालबालिकालाई लागेको थियो। ढुंगा लागेर रेशमको घटनास्थलमै मृत्यु भएको हो भने सिगास गाउँपालिका-३ गजेडाका ७ वर्षीय अनिल चुनारा घाइते भएका छन्।
अनिलको धनगढीमा उपचार भइरहेको छ। मामा घर आएका चुनारा पनि बालबालिकासँग खेल्न गएका थिए। मृतक रेशम जनाधार आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?