२३ साउन २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कास्की- आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलि बुधवारदेखि तीन दिनका लागि बन्द हुने भएका छन् ।
आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न मेयरको अध्यक्षतामा सरोकारवालासहितको बैठकले महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेस्वरी सम्पूर्ण शैक्षिक संस्था तीन दिन बन्द गर्ने निर्णय गरेको हो । वर्षे/ हिउँदे/ स्थानीय बिदाबाट कट्टी हुने गरी २४ गतेदेखि २६ गतेसम्म शैक्षिक संस्था बिदा दिने निर्णय भएको महानगरको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिनुभयो ।
विद्यार्थीहरूलाई सुरक्षितरूपमा घरमा बस्न र अभिभावकलाई पनि सङ्क्रमणबाट बच्न सूचनामूलक सन्देश सम्प्रेषण गर्न महानगरले अनुरोध गरेको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?