काठमाडौँ- चीनले दुईवटा महत्त्वपूर्ण पदार्थको निर्यातमा कडाइ गर्न थालेको छ । अब चीनबाट ग्यालिअम र जर्मेनिअम देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने छ । ग्यालिअम र जर्मेनिअम विद्युतीय चिप र सैन्य उपकरणको उत्पादनका लागि प्रयोग हुन्छन् ।
अमेरिकाले उन्नत माइक्रोप्रोसेसर प्रविधिमा बेइजिङको पहुँचलाई सीमित पार्न थालेपछि चीनले पछिल्लो कदम चालेको ठानिएको बीबीसीले जनाएको छ । चीन विश्वभरि ग्यालिअम र जर्मेनिअमको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । साथै चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा लिइन्छ ।
क्रिटिकल रअ मटेरिअल्स अलाइअन्स (सीआरएमए) का अनुसार चीनले विश्वमा प्रयोग हुने ८० प्रतिशत ग्यालिअम र ६० प्रतिशत जर्मेनिअम उत्पादन गर्छ । गएको महिना पेन्टागनका प्रवक्ताले अमेरिकासँग जर्मेनिअमको पर्याप्त भण्डार भए पनि ग्यालिअमको सञ्चिति नभएको बताउनुभएको थियो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.