काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संगीत उद्योगको विकासका लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित नेपाल म्युजिक भिडियो निर्देशक समाजको साधारणसभा तथा श्रष्टा सम्मान कार्यक्रममा उनले संगीत उद्योगले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताए ।
मन्त्री किरातीले विश्वबजारमा नेपाली मौलिक संगीतलाई चिनाउन आवश्यक रहेको धारणा राखे । ‘गीत संगीतमा सीमाना हुँदो रहेनछ । तर सीमाना पृथ्वीमा छ । सीमाना मान्छेमा छ, यो कसले लगायो रु यी सबै ठूलाठालुहरुले लगाए,’ उनले भने, ‘पृथ्वीमा पहिले माटो पनि साझा नै थियो । यहाँको हावा पनि साझा नै थियो । यहाँको घामा साझा थियो । तर मान्छेमा सीमामा लाग्दै गयो । श्रष्टाहरु समाजको अगुवा हो । श्रष्टाहरुलाई समाजको अग्रदस्ता हुन् ।’
श्रष्टाहरुले समाज परिवर्तनदेखि ठूलाठूला योगदान गर्ने भन्दै संगीत र सांस्कृतिक क्षेत्रले कतिपय देशमा ठूलो आर्थिक योगदान गरेको बताए । ‘नेपालमा पनि संगीत उद्योगबाट महत्वपूर्ण टेवा दिन्छ, सरकारले यो बाटोमा पाइला चाल्नुपर्नेछ । अगाडि बढ्नुपर्नेछ तर अहिलेसम्म अगाडि बढेन,’ उनले भने, ‘मौलिक गीत(संगीतको क्षेत्रमा घोत्लिएर योगदान गर्नुपर्छ । हामीले समाजलाई मात्र होइन, विश्वबजारसँग जोड्नुपर्छ ।’