बिप्लव नेतृत्वको कम्युनिस्ट पार्टीबाट फुटेर बैध पार्टीमा एकता गरेको समुहले पुनः बहुमत पार्टी गठन गरेर ९ औं महाधिवेशन गरेको छ । कार्यक्रममा कलाकार, छापामार ड्रेसमा सुरक्षा स्वयंसेवक सहित राखेर आज काठमाडौमा उद्घाटन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा असारे काका, महासचिव कन्चन, चित्र बहादुर आले, गुणराज लोहोनि, बाबुराम गजमेर लगायतका नेताहरु उपस्थित थिए । कार्यक्रम पुर्ब कमान्डर दिपक चलाउनेले चलाएका थिए । भने गुणराज लोहोनिले स्वागत मन्तव्य राखेका थिए ।
महाधिवेशनमा सहिद क. कुमार पौडेलकि दिदि लक्ष्मि पौडेल, क. निरन्तरका भाई, क. बासुका छोरा लगायतका सहिद परिवारहरुलाई अतिथ्यता गराएका थिए ।
उद्घाटन सत्रमा कार्यकर्ताहरुको उपस्थिति भने न्युन थियो यधपी महाधिवेशनको उद्घाटन भने, दलाल सत्ताको विरुद्ध प्रतिबाद गर्ने, हतियारले दमन गरे त्यही जबाफ दिने नेताहरुले व्यक्त गरेका थिए । कार्यक्रममा कलाकारहरुको प्रस्तुति थियो ।