६ भदौ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ र रिहाबारे सभामुख देवराज घिमिरेले संसदलाई जानकारी गराएका छन् ।
शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा शर्मालाई सीआईबीले पक्राउ गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले भाग्ने अवस्था नभएको र प्रमाण पनि नष्ट नगर्ने उल्लेख गर्दै शर्मालाई रिहा गरेको थियो ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै साउन १० देखि अवरुद्ध संसद आज चलेपछि सभामुखले आज जानकारी गराएका हुन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?