काठमाडौं- नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आइतबार (भोलि) आन्तरिक ऋणको रुपमा राष्ट्र बैंकले ६ वर्ष समयावधिको विकास ऋणपत्र २०८५ जारी गर्न लागेको हो ।
बोलकबोलका माध्यामकबाट निर्धारण गरिने उक्त ऋणपत्रको व्याजदर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, गैर–बैंक वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ । साथै, ऋणपत्र धितो राखी व्यक्तिले कर्जासमेत लिन सक्ने जनाइएको छ ।
घटीमा पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमाभित्र रहेर पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइने ऋणपत्रको बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा कुनै एक बोलवालाको बोलकबोलमा खरिद गर्न पाइने छ ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त विकास बैंक र वित्त कम्पनी, वाणिज्य बैंकले भने उक्त प्रकृयमा प्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।