काठमाण्डौं- सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी हुनुभएको छ । कुल मतको ७० दशमलव ४ प्रतिशत मत ल्याएर थर्मन सिङ्गापुरको नवौँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको बीबीसीले जनाएको छ ।
उहाँका प्रतिस्पर्धी एनजी कोक सङले १५ दशमलव ७२ र र तान किन लियानले १३ दशमलव ८८ प्रतिशत मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रपति चुनावमा २० लाख ४८ हजार सिङ्गापुरवासीले मतदान गरेका थिए । नवनिर्वाचित थर्मनलाई सहरी क्षेत्रको विज्ञ र बौद्धिक नेताका रुपमा सिङ्गापुरवासीले सम्मान गर्ने गरेका छन् ।
उहाँले यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री, अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको प्रमुख जस्ता पद प्राप्त गरिसक्नुभएको छ । थर्मनले केही महिनाअघि मात्रै सत्तारुढ पिपुल्स एक्सन पार्टी पीएडी छाड्नुभएको थियो।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.