१६ भदौ २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङ- तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आगलागी भएको छ ।
हिमाल बस्नेतले सञ्चालन गरेको तेल मिलमा भएको आगलागीबाट झन्डै दुई करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
आज बिहान लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा निभाइएको छ ।
क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीको भनाइ छ । आगलागीको कारण अझै खुलेको छैन । तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो । बस्नेत तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?