• ८ माघ २०८१, मङ्गलबार
  • Tue, 21 Jan 2025
गोरखापत्र
गोरखापत्र

पाकिस्तानका ४० लाख बालबालिका सुरक्षित खानेपानीबाट वञ्चित

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र

–रिया मोगल र मिसेल टो/सीएनएन

विनाशकारी बाढीले पाकिस्तानको ठूलो भूभाग ध्वस्त भएको एक वर्षपछि यहाँका करिब ४० लाख बालबालिका सुरक्षित पानी पिउनबाट वञ्चित भएका छन् । संयुक्त राष्ट्रसङ्घीय बाल निकायका अनुसार यहाँका लाखौं बालबालिका सुरक्षित पानीको पहुँचबाट टाढा भएका छन् । 

संयुक्त राष्ट्रसङ्घीय बाल कोष(युनिसेफ)ले हालै जारी गरेको समाचारअनुसार त्यस देशका ८० लाख मानिसहरू सुरक्षित  पिउने पानीबाट बञ्चित छन् । त्यसमध्ये लगभग आधा बालबालिका रहेका छन् । उनीहरू सफा पानी बिनानै बाढी प्रभावित क्षेत्रमा बसोबास गर्न बाध्य छन् ।

युनिसेफ पाकिस्तानका प्रतिनिधि अब्दुल्लाह फदिलले विज्ञप्तिमा भनेका छन्, ‘बाढी प्रभावित क्षेत्रमा बसोबास गर्दै आएका बालबालिकाले यो वर्ष भयानक अवस्था सहेका छन् ।’ 

फदिलका अनुसार उनीहरूले आफ्ना प्रियजन, घर र विद्यालयहरू गुमाएका छन् ।  मनसुन वर्षा सकिएसँगै यहाँ अर्को जलवायु प्रकोपको डर बढेको छ । पुनःस्थापनाका प्रयासहरू जारी रखिएका छन्, तर धेरैमा पुग्न सकेको छैन । पाकिस्कानका बालबालिकाहरू बर्सेनि खतरामा छन् । 

गत वर्ष पाकिस्तानको उत्तरी पहाडी क्षेत्रहरूमा मनसुनी वर्षा र हिमनदीहरू पग्लीएर आएको बाढीले लगभग एक हजार ६०० मानिसको ज्यान लिएको थियो । जसमा एक तिहाइ बढी बालबालिका रहेका थिए । तीन करोड ३० लाख बाढी प्रभावित रहेका थिए । बाढीले देशको एक तिहाइ भाग डुबाएको थियो । बाढीले धेरै घर बगायो र हजारौंलाई खानेकुरा र पिउने पानी बिना अलपत्र पा¥यो । करिब ३० हजार विद्यालय, दुई हजार स्वास्थ्य संस्था र चार हजार ३०० पानी प्रणालीमा क्षति पुगेको युनिसेफले जनाएको छ ।

‘जलवायुसँग सम्बन्धित प्रकोपले प्रभावित जिल्लाहरूमा रहिआएको असमानता अझ गहिराई दिएको छ,’ युनिसेफको विज्ञप्तिमा भनिएको छ, ‘बाढी आउनुअघि नै यहाँका एक तिहाइ बालबालिका विद्यालय बाहिर नै थिए । उनीहरू कुपोषण र आपतकालिन अवस्थामा पुगिसेका थिए । उनीहरूमा सुरक्षित पिउने पानी र सरसफाइको पहुँच चिन्ताजनक रुपमा थियो ।

बाढीको पानी कम हुन थालेपछि पानी सम्बन्धी रोगले हजारौंलाई सङ्क्रमित गर्न थालेको छ । त्यसमध्ये धेरै जसो बालबालिका रहेका छन् । आफ्ना नानीबाबुलाई झाडापखाला, डेंगु ज्वरो मलेरियाको सङ्क्रमण हुन थालेपछि अभिभावकले सहयोग जुटाउने प्रयास गरिरहेका छन् ।

पाकिस्तान गम्भीर आर्थिक सङ्कटसँग जुधिरहेका बेला बाढी आयो । आर्थिक पीडालाई यसले बढाउँदै लग्यो । यहाँका परिवारलाई गरिबीमा धकल्दै लग्यो । यहाँका धेरै मानिस खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक सामग्री किन्न  असमर्थ हुँदै गए । त्यतिमात्र होइन, पूर्व प्रधानमन्त्री इमरान खान भ्रष्टाचारको आरोपमा गिरफ्तार भएपछि त्यसको विरोध प्रदर्शनसँगै यहाँका राजनीतिक उथलपुथलले जनजीवन थप जटिल भएको छ ।

खराब शासनका कारण आर्थिक अवस्था कमजोर भएको भन्दै गत वर्ष खानलाई अविश्वासको मतद्वारा हटाइएको थियो । उनले आफूमाथि लगाइएको आरोप रानीतिक एवं देशको शक्तिशाली सेनाद्वारा निर्देशित भएको दाबी गरेका छन् ।

गत महिना अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफएफ) ले पाकिस्तानको आर्थिक अवस्था सुधारका लागि ३० लाख अमेरिकी डलर प्रदान गरेको छ । विश्व बैंकका अनुसार केही समय अघि सरकारले आयात र डलर निर्यातमा कडाई गरेको थियो । तर, अर्थशास्त्री शिवान टन्डनका अनुसार देशलाई बजारमा आधारित अर्थतन्त्रका रूपमा फर्काउने सर्तमा आइएमएफले सो ऋण प्रदान गरेको थियो ।

उनले भने, ‘अर्थतन्त्र सुधारका लागि मुद्रा हस्तक्षेपका लागि सिमित अपायहरू मात्र बाँकी रहेका छन् ।’ विश्लेषकहरूका अनुसार गत साता पाकिस्तानी रूपिया हाल ३०१ दरमा कारोबार भइरहेको छ । एसपीआई एसेट मेनेजमेन्टका प्रवन्धक साझेदार स्टीफन इनेसले भने, ‘आइएमएफका सर्तले सरकारलाई व्यापार गर्न बाध्य पार्दा दुर्भाग्यपूर्ण परिणाम ल्याउन सक्नेछ ।’

‘देशले आयात उच्च पार्दा अमेरिकी डलरको माग बढ्दै जाने र मुद्रामा दबाब परेको हुन सक्छ,’ टन्डनले पनि भने, ‘यस खेलमा केही कारक तत्वहरू रहेका छन् ।’ अमेरिकी बन्डमा आएको उछालका कारण डलरको प्रभावमा रहेका पुँजीहरूमा थप अकर्षण भएकाले धेरै उदयीमान बजार मुद्राहरू दबाबमा परेका छन् । उच्च मुद्रास्फीति, प्रतिकूल वित्तीय गतिशीलता र व्यापक बाह्य वित्तीय अन्तरका कारण पाकिस्तानको रूपिया कमजोर भएको छ । 

त्यसैगरी जनसंख्याो पाँचौ भागलाई समेट्ने आइएमएफको तथ्याङ्क अनुसार पाकिस्तानको गरिबी दर २१ दशमलव ९ प्रतिशत पुगेको छ । चरम गरिबीका कारण कयौं देश छोड्न बाध्य भएका छन् । बढ्दो भोकमरी र आकासिदो मूल्य तनाव, चिन्ता र निराशा निम्त्याएको छ । इस्लामको पवित्र महिना अप्रिलमा रमजानका लागि एक किलो पिठोका लागि सयौं मानिसहरू सडकमा लाइनमा उभिनुपर्ने अवस्थामा हुँदा घातक भागदौडको अवस्था सिर्जना भएको थियो ।

युनिसेफले यस महिनाको सुरुमा पनि जलवायु संकट र अन्य चरम मौसमी घटनाहरूको प्रभावले दक्षिण एसियाका बालबालिकामा विनकाशकारी प्रभाव परिरहेको चेतावनी दिएको थियो । यस क्षेत्रका झण्डै आधा अर्ब बालबालिका उच्च तापक्रममा परेका छन् । जलवायु सङ्कटका कारण जनजीवन खतरामा हुँदै गएको छ । 

सन् २०२० को तथ्याङ्कअनुसार अफगानिस्तान, भारत र पाकिस्ततलगायतका देशहरूमा अनुमानित ४६ करोड बालबालिका ८३ दिनसम्म ३५ डिग्री सेल्सिय (९५ फरेनहाइट) भन्दा बढी तापक्रममा बस्नुपरेको छ । अठार वर्ष मुनिका बालबालिका लागि दक्षिण एसियामा सबैभन्दा बढी प्रभावित भएका छन् । 

युनिसेफका फादिलले पाकिस्तान सरकार र यसका साझेदार एजेन्सीहरूलाई ‘बालबालिका र परिवारका लागि आधारभूत सामाजिक सेवामा दिगो लागानी बढाउन बढाउन आह्वान गरे । उनले भने, ‘हामी पाकिस्तानका बालबालिकार्ला बिर्सन सक्दैनौं । बाढीको पानी गयो, तर जनवायु अस्थिर रहेका क्षेत्रमा समस्या चिउँको तिउँ रहन्छ ।’

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

छापामार ड्रेसमा काठमाडौको जमलमा प्रस्तुति

नेकपा बहुमतको ९ औं महाअधिबेशन

slider

सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ

सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने समेत मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।बुधबार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउनसक्ने सम्भावना रहेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।२ दिनअघि अदालत गेटबाहिर अनपेक्षित गतिविधि भएपछि प्रशासनले झनै सुरक्षा कडा पारेको हो । बुधबार पनि रास्वपाका कार्यकर्ता अदालत क्षेत्र प्रवेश गर्न खोजेका थिए तर प्रहरीले रोकेको थियो ।

थारु गाउँमा माघी पर्वको रौनक

पश्चिम नेपालको थारु बस्तीमा माघ/माघी पर्वको रौनक सुरु भएको छ । माघलाई नयाँ वर्षको रूपमा लिइने थारु समुदायमा पर्वको तयारी थालिएको हो । बङ्गुरको मासुको जोहो गर्नेदेखि लिएर गाउँका प्रमुख तथा नेतृत्व चयन र माघी देवानी तथा भुरा खेलबारे समेत छलफल सुरु भएको होधनगढी उपमहानगरपालिका १६ भादाका भलमन्सा सन्त कुमार चौधरीले पुस महिनाको अन्तिम दिन हरेक थारु बस्तीमा सामूहिक सुँगुर/बङ्गुरको जिटा (मासु) काटिने प्रचलन रहँदै आएको सुनाए । माघीमा विशेष रूपमा खाने ढिक्रीको लागि चामलको पिठो पिसाउने, दुना टपरी गाँस्ने कार्य पनि चलिरहेको छ ।पर्वसँगै थारु समुदायमा बस्तीका प्रमुखका रूपमा रहने बरघर, भलमन्सा, चिराकी, चौकीदारलगायत प्रतिनिधिहरू फेरबदल गर्ने कि, पुरानालाई नै अनुमोदन गर्ने भन्नेबारे प्रारम्भिक बहस पनि पुस महिनादेखि नै सुरु भएको भादाका भलमन्सा चौधरीको भनाइ 5।उनका अनुसार नेतृत्व चयनको लागि हुने माघी देवानी तथा भुरा खेल कार्यक्रममा गएको वर्षको समीक्षा गरिनुको साथै आउँदो वर्षको लागि कार्ययोजना निर्माण गरिन्छ ।यसैबिच ग्रामीण भेगमा माघी मेलाको तयारी समेत भइरहेको छ । कैलाली, कञ्चनपुर जिल्लाका विभिन्न स्थान तथा धार्मिक क्षेत्रमा आयोजना हुने माघीको मेला र महोत्सवको तयारी थालिएको हो ।कैलालीको कैलारी गाउँ गाउँपालिका ६ मा हरेक माघीमा आयोजना हुने माघी मेलाको तयारी अगाडि बढाइएको मेला आयोजक युवा जनज्योति क्लबका अध्यक्ष प्रकाश महतोले जानकारी दिए ।यसैबिच गाउँघरमा आगो ताप्दै सामूहिक रूपमा डफ गाइने ढमार गीतले पनि माघी पर्वको रौनक सुरु गरेको छ ।कैलालीको जोशीपुरका स्थानीय समेत रहेका पत्रकार सुधराम दहितले आजभोलि गाउँ–गाउँमा डफ, मादल बजाएर सामूहिक रूपमा ढमार गीत गाउँदा माघी पर्वको उल्लास बढ्दै गएको बताए । उनले जोशीपुर गाउँपालिका २ बरगदही गाउँको मुंग्रहुवा नाच टोलीले बुधबार राति गाउँमा ढमार गाउँदा गाउँमा उल्लास र माघको उत्साह जगाएको बताए । माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरुलाई भेटघाट गर्ने, ठूलाबाट अर्शीवाद लिने र सानालाई अर्शीवाद दिने प्रचलन रहिआएको छ ।मकर संक्रान्तिका दिन नुहाउनले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म पखालेर जाने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । यो दिन पशुपक्षी वध हुँदैन ।

अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको मृत्यु

अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो ।डेली मेलका अनुसार, दाहालको मृत्यु हुनुभन्दा दुई घन्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० मा फोन आएको थियो । त्यसबेला पृष्ठभूमिमा ‘ठूलो आवाजसहित भनाभन भएको’ सुनिएको थियो ।

slider

सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रही फरार भएकी प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् ।कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए अदालतमा उपस्थित भएकी कोइराको बयान उद्धव प्रसाद भट्टराईको इजलासमा सुरु भएको उनले बताए ।मोरङ धनपालथान ४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा पक्राउ पुजी जारी भएपछि उनी फरार हुँदै आएकी थिइन् । यो सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेको छ ।कोइरालाका बयानपछि थुनछेक बहस पस्चात धरौटीमा तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा कारागार पठाउने भन्ने आदेश आउने छ ।

slider

आजै बैठक सक्ने माओवादी केन्द्रको तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ । आजै बैठक सक्ने तयारी स्वरूप यसअघि बोल्न नाम टिपाएका नेताहरूलाई नाम फिर्ता लिन प्रचण्डले मंगलबारको बैठकमा आग्रह गरेका थिए । त्यसपछि ३८ जनालाई बोल्न दिएर अन्यले नाम फिर्ता लिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।अब बैठकको निर्णयका लागि पदाधिकारी बैठक बस्ने र त्यसपछि उठेका प्रश्नहरूको जवाफसहित विभिन्न निर्णय गरेर बैठक समापन गर्ने माओवादीको तयारी छ ।  माओवादीको बैठक आइतबारदेखि राजधानीमा सुरु भएको हो ।

गोरखापत्र