१९ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङ- गृहमन्त्री नारायणकाजी श्रेष्ठ राहत लिएर कागबेनी पुगेका छन् । मुस्ताङको कागबेनीमा गत साउन २८ गते आएको बाढीपीडित परिवारका लागि राहत वितरण गर्न श्रेष्ठ कागबेनी पुगेका हुन्।
गत साउन २८ गते कालीगण्डकीमा अप्रत्याशित आएको बाढीका ठूलो क्षति पुग्नाका साथै कैयौँ पीडित भएकाछन् ।
बाढीबाट एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ वटा गरी भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति पुगेको विवरण संकलन गरिएको थियो ।
तस्बिरहरुः
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?