• २८ चैत २०८१, शुक्रबार
  • Fri, 11 Apr 2025
गोरखापत्र
गोरखापत्र

सुक्न थाल्यो, विश्वको सबैभन्दा उच्च स्थानमा रहेको टिटिकाका ‘नेभिगेबल ताल’

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र

दक्षिण अमेरिकी मुलुक पेरु र बोलिभियाको सीमानामा पर्ने विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको टिटिकाका (नेभिगेबल ताल) द्रुतगतिमा सुक्दै गएको छ । अकल्पनीय चिसोतातो लहरका कारण तालको पानी कम हुँदै गएको हो । तालको पानीमा देखिएको आचर्यजनक गिरावटले जीविकोपार्जनका लागि यस तालमा निर्भर स्थानीयहरू समस्यामा परेका छन् । पर्यटन पेसमा संलग्न, माछा मार्नेहरू र कृषि क्षेत्रमा संलग्नहरूको जीवनशैलीमा नकारात्मक असर पर्दै गएको छ ।

यहाँ बस्दै आएका ६३ वर्षीय नाजारियो चार्काले भने, ‘अहिलेदेखि आगामी डिसेम्बरसम्म हामीले के गर्ने हो थाहा छैन किनभने यो अवधिमा यहाँ पानी कम हुँदै जानेछ ।’ लामो समयदेखि दक्षिण अमेरिकाको सबैभन्दा ठूलो तालको नीलो पानी र खुला आकाशमा आगन्तुकहरू आकर्षित भएका छन्, जुन तीन हजार २०० वर्गमाइलभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

कहिलेकाही यसलाई ‘अन्तर्देशीय समुद्र’ को रूपमा वर्णन गरिएको छ । यो आयमारा, क्वेचुआ र उरोस आदिवासी समुदायहरूको घर हो । त्यस्तै यो एन्डिज पर्वत श्रृङ्खलाको लगभग तीन हजार ८०० मिटर (१२ हजार ५०० फीट) उचाइमा रहेको  विश्वको सबैभन्दा उच्च नेभिगेबल ताल हो । उच्च भागमा रहेकाले यस तालमा सौर्य विकीरण पनि उच्च स्तरमा पर्छ । त्यसैले वाष्पीकरणलाई बढाउँछ र यसको अधिकांश पानीमा नोक्सानी गर्छ ।

यस तालको वरिपरि तीस लाखभन्दा बढी मानिसहरू बसोबास गर्छन् । यहाँको पानीमार्फत माछा पाल्न, खेतीपाती गर्न यहाँको पानी प्रयोग गर्ने र पर्यटकहरूलाई आकर्षित गर्दै आइएको छ । जसले सीमान्तकृत क्षेत्रको अर्थतन्त्रमा बढोत्तरी ल्याएको छ ।

यद्यपी, अब ताल त्यो जादू गुमाउने जोखिममा छ ।

प्रत्येक वर्ष पानीको सतहमा उतार–चढाव हुने थाहा भए पनि जलवायु सङ्कटका कारण यी परिवर्तनहरू चरम भएका छन् । सीएनएनका मौसमविद् टेलर वार्डका अनुसार, खडेरीले ल्याएको पानीको कमीलाई अझै बिगार्दै लगेको छ ।

पेरुको राष्ट्रिय मौसम विज्ञान र जलविज्ञान सेवा (सेनाम्ही) को पुनोका निर्देशक सिक्स्टो फ्लोरेसले सीएनएनलाई भने, ‘वर्षातको समयमा जुन समय त्यहाँ पानीको सतहमा सुधार आउँछ, सोही समय अगस्ट २०२२ देखि मार्च २०२३ सम्म औसतभन्दा ४९ प्रतिशत कम वर्षा भएको थियो ।’ फ्लोरेसका अनुसार सामान्यतया तालको वाष्पीकरण अर्को केही महिना कायमै रहने देखिन्छ यदी यसो भयो भने डिसेम्बरसम्म पानीको स्तर १९९६ पछिको सबैभन्दा कम रेकर्डतर्फ जान्छ । उनले यसलाई साह्रै गम्भीर भनेर विश्लेषण गरे ।

‘यो हालैका वर्षहरूमा तालमा पानीको सतह क्रमिकरुपमा गिरावट हुँदै गएको छ,’ फ्लोरेसले भने, ‘हालै सन् १९९२–२०२० का उपग्रहबाट लिएका तस्बीरको अध्ययनले देखाएको छ कि टिटिकाका ताल प्रतिवर्ष लगभग १२० मिलियन मेट्रिक टन पानी गुमाउँदैछ ।’ यो तथ्यहरूले मुख्यतया वर्षामा परिवर्तन हुँदै छ र परपर जाँदैछ । पानीको सतह कम भएसँगै माछा मारेर जीवन निर्वाह गर्दै आएका समुदायको समस्या बढ्दै गएको छ । प्रदूषण र अत्यधिक माछा मार्ने कारणले माछाको भण्डार घट्दै गएको छ । यहाँको खेतीपति पनि खडेरीले प्रभावित भएको छ । मौसमी बालीहरू नराम्ररी प्रभावित भएको त्यहाँका क्षेत्रीय अधिकारीहरूले रिपोर्टमा उल्लेख गरेका छन् । धेरै जसो क्विनोआ र आलु बालीहरूमा असर परेको छ भने  गाईवस्तुलाई खुवाउन दाना तयारी गर्ने बाली पनि प्रभावित भएको छ ।

तालको वरिपरि पर्यटकलाई ओसारपसार गर्न प्रयोग गरिने डुङ्गा पानी कम भएसँगै अलपत्र परेका छन् । त्यसले पर्यटकीय अर्थतन्त्रमा समेत असर परेको छ । ट्वाक्वीली टापुका आगन्तुकहरूलाई स्थानीय कपडाहरू बेच्ने ३६ वर्षीय जुलियन हुआटामार्काले भने, “हामी सबैभन्दा धेरै चिन्तित छौं किनभने अहिले पानीको सतह धेरै घटिरहेको छ ।’ उनले भने, ‘हामी चाहन्छौं विशेषगरी विदेशी पर्यटकहरू पनि ताल हेर्न फर्किउन ।’

टिटिकाका तालको सम्पूर्ण पुनो क्षेत्र लामो समयदेखि देशको एक अविकसित र सीमान्तकृत क्षेत्रको रूपमा चिनिन्छ । हालसालै, अर्थतन्त्र कोभिड–१९ को महामारी र सामाजिक अशान्तिका कारण प्रभावित भएको छ । दशकौंको असमानता, भ्रष्टाचारको आरोप र स्थिर जीवनस्तरका कारण विकसित भएको आक्रोशका बीचमा निर्वाचित राष्ट्रपति डिना बोलुआर्टेको राजीनामाको माग गर्दै भएको प्रदर्शनको केन्द्रबिन्दु बनेको थियो ।

हुआटामार्काले भने, ‘सीएनएलाई आगन्तुकहरूले विरोधको समयमा यस क्षेत्रको भ्रमण गरेनन् । उनीहरू त्यहाँ अलि डराए ।’ उनका अनुसार हालैका वर्षहरूमा विशेषगरी कोभिड महामारीका समयमा धेरै मानिसले त्यो क्षेत्र जान छोडेको बताएका छन्, किनकी त्यहाँ आगन्तुकका लागि आधारभूत आवश्यकताका सामग्री खरिद गर्न पर्याप्त पैसा थिएन । हालैको इतिहासले के सुझाव दिएको छ भने जारी खडेरीले धेरै मानिसहरूले आफ्नो घर छोड्ने छन् । सन् १९९१ को खडेरीका समयमा खाद्यान्नको अभाव भई यहाँको अर्थतन्त्र ध्वस्त हुँदा प्रवासका छालहरू निम्त्याएको थियो ।

अरु जस्तै चरकाहरूको जीवनमा पनि खडेरीले बाधा पु¥याइरहेको छ । चारका उरोस आदिवासी समूहको हिस्सा हो, जो तालमा तैरने सुकेको टोटोरा नर्कटहरूबाट बनेको टापुहरूमा बस्छन् । शताब्दीयौंदेखि, उरोसहरूले नर्कटहरूलाई टापुहरूमा बुनेका छन्, साथै तिनीहरूलाई भवनहरू र डुङ्गाहरू बनाउन प्रयोग गर्छन्, तर चारका चिन्तित छन् किनकी पानीको स्तर कम हुनुको मतलब नर्कटहरू कम उपलब्ध हुन्छन् । ‘यसले हामीलाई असर गरिरहनेछ, त्यहाँ कुनै टोटोरा हुने छैन, टापुहरू बिग्रँदै छन्, यसले हामीलाई चिन्ता गर्छ’, चार्काले सीएनएनलाई भने, ‘भविष्यतिर हेर्दा यसबाट मुक्ति पाउन गाह्रो छ ।’

इल निनो, उष्ण प्रशान्त महासागरमा हाल चलिरहेको सामान्यभन्दा तातो तापक्रमले परिचित प्राकृतिक घटनाले दक्षिण अमेरिकाको मौसममा ठूलो परिवर्तन ल्याउन सक्छ । सेनामहीसँग जलवायु विज्ञानका उपनिर्देशक ग्रिनिया एभालोसले तातो तापक्रम कम्तिमा फेब्रवरी २०२४ सम्म जारी रहने अनुमान गरिएको छ । उनले भने, “यी अवस्थाहरूले एन्डियन क्षेत्रमा कम स्तरको वर्षा हुनेछ भन्ने तथ्यलाई योगदान गर्नेछ ।’

इन्टरनेशनल क्राइसिस ग्रुपका विश्लेषक कन्नर बेकरले यस स्थितिले तालमा भर परेकाहरूलाई जोगाउन दीर्घकालीन कार्यको आवश्यकता रहेको बताए । उनले सीएनएनसँग भने, ‘तालको उतार चढाव जलवायु परिवर्तन र प्राकृतिक दोलनहरूसँग जोडिएको छ, जलवायु परिवर्तनको बढ्दो प्रभावले दिगो व्यवस्थापन रणनीतिहरूको आवश्यकता बढाउँछ ।’ उनका अनुसार जिविकोपार्जनका लागि तालमा निर्भर स्थानीय समुदायहरू कमजोर अवस्थामा छन् । ‘पानीको स्तरमा थप तीव्र उतार–चढावले उत्पन्न हुने चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक छ,’ उनले भने । 


Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाए, राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त

काठमाडौं । प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् ।प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो । ताहरु सभा स्थल छाडेर हिँडेपछि प्रदर्शनकारी केहीबेर अन्योलमा परेका थिए । केहीबेरपछि उनीहरु आफैं मञ्चमा पुगेर नेताहरुलाई कार्यक्रमस्थलमा आउन आह्वान गरेका थिए ।त्यसअघि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाएका छन् ।

slider

प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि अश्रुग्याँस र लाठी प्रहार

काठमाडौं । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले पूर्वराजाका समर्थकहरुलाई बानेश्वरतिर जानबाट रोक्ने अश्रुग्याँस र लाठी प्रहार गरेको छ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । तर, प्रदर्शनकारीहरु त्यहाँबाट बानेश्वरतर्फ जान खोजेपछि तनाव उत्पन्न भएको छ । गणतन्त्रका पक्षधर समूहले प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन् ।

slider

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक, विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । बैठकमा विभिन्न नियमावली र कार्यविधिहरुमाथि छलफल हुने बताइएको छ । प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ कार्यविधि प्रतिस्थापन, रास्वपाले बनाएको र्यापिडप एक्सन टिम र्याट नियमावली २०८१ , सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफलको तयारी छ । समसामयिक पार्टी गतिविधि, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीका बारेमा पनि बैठकमा छलफल हुने बुर्लाकोटीले जानकारी दिए । रास्वपा यतिबेला विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा छ, उता हर्क र कुलमानले समेत पार्टी निर्माण गर्ने चर्चा छ, यसो त नयाँ सबै एकै ठाउँ आउने वातावरण भए, बालेन ले पनि पार्टी खोल्नेछन, उनको तयारी निकै फरक र आश्चर्यजनक लाग्ने छ, उनले छोटो समयमै पार्टी घोषणा गर्ने र स्थानिय तहका धेरै क्षेत्रमा जीत हाशिल गर्ने लक्ष्य राखेका छन । नयाँ पार्टी भर्सेज पुरानाहरु बिचको मुख्य लँडाई को हतियार र तौरतरिका नबुझे अबको ८४ को चुनाबि नतिजा पनि सोचेभन्दा फरक आउने निश्चत छ । देश बनाउने र जनताले चाहेको राज्य व्यवस्था स्थापना गर्ने खाका चाहिं न नयाँ सँग देखिन्छ न पुरानो सँग, तर पुराना भन्दा जनताले नयाँलाई रुचाईरहेका छन ।

slider

अन्दाजी ३० ३५ वर्षका पुरुष मृत फेला

राजधानी मै घटेको यो घटनाले सुरक्षा संयन्त्रलाई चनाखो बन्न झक्झक्याएको छ

slider

तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जित्यो

रामेछाप । तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ । उसले वडा नं १० चनखुलाई सोझो सेटमापछि पार्दै उपाधि जितेको हो । महिला तर्फको उपाधि भने भटौलीले जितेको छ । बुधवार मध्यान्न भएको विजेताको प्रतिस्पर्धामा तीनै सेट २५–१९, २५–९ र २५–१२ ले आफ्नो पक्षमा पार्दै चिसापानीले पुरुष तर्फको भलिबलको उपाधि हात पार्दै इतिहास रचेको हो । यो सँगै चिसापानीले नगद १ लाख रुपैयाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेताहरूलाई नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेतसहितका जनप्रतिनिधिहरूले नगद १ लाखसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै, उपविजेतामा चित्त बुझाएको मन्थली–१० चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो नगर कपको विजेता समेत रहेको वडा नं ७ भटौली तेस्रो नगर कपमा तेस्रो मात्रै भएको छ । उसले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यो पटकको सान्त्वना पुरस्कार भने प्राविधिक त्रुटि गरेको पाइएकाले रद्द गरिएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ । त्यस्तै, तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कपमा प्रथम भएको वडा नं ७ भटौलीलाई नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र नगरकी उपप्रमुख ईश्वरी बस्नेतले प्रदान गरिन् । महिला भलिबलमा उपविजेता भएको मन्थली–१३ फुलासीले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विगतमा पुरुषको मात्रै खेल खेलाउँदै आएको मन्थली नगर खेलकुद विकास समितिले यो पटक देखि महिला भलिबलको खेल खेलाउन थालेको हो । महिला भलिबलमा वडा नं १,२,३,६,७, ८ र १३ नम्बरले भाग लिएर प्रतिस्पर्धा गरेका थिए ।

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

गोरखापत्र