३१ भदौ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक श्रीलंका ५० रनमै अल आउट भएको छ । भारत र श्रीलंकाबिच भएको क्रिकेटको घमासान भिडन्तमा श्रीलंका ५० रनमै अल आउट भएको हो । कोलम्बोको आर प्रमादासा रंगशालामा जारी खेलमा श्रीलंका १५ ओभर २ बलमा अल आउट भएको हो ।
पहिलो वटिङ श्रीलंकाले गरेको थियो । भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १२ रन बनाउँदा ५ विकेट गुमाएको थियो ।
खेलमा श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशन हेमन्थाले १३ रन जोडे । श्रीलंकाका अन्य ब्याटरले दोहोरा अंकमा रन बनाउन सकेनन् ।भारतका लागि मोहम्मद सिराजले ६ तथा हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?