काठमाडौं . आखिर कहिलेसम्म हो छोरीहरु मर्नुपर्ने <, यदि पेटमा छोरी भएकोे खबर पाए पेटैमै मारिदिने, ल यदि हुर्किआल्यो भनेपनि चिल, गिद्घ, ब्वासाहरुको सिकार भएर मर्नु पर्ने, त्याहासम्म मात्रै काहाँ हो र हुर्किएर बिबाह गरी पराई घर पुगेपनि दाईजोको नाममा मर्न पर्ने, आखिर किन < किन हरेक क्षेत्रमा छोरीकै ज्यानको लिनुपर्ने अनि कहिले सम्म < के हाम्रो समाजमा छोरी हुनु र छोरी भएर जन्मिनु श्राप हो < यदि छोरी श्राप हो भने आजबाट मन्दिर धाउन छोडिदिनुस, छोडिदिनु दुर्गा, लक्ष्मि, सरस्वती, महाकाली भनेर नाम जप्दै पुँजा गर्न, मनभरी पाप र इष्र्या बोकेर अरु सामु असल भएको नाटक गर्न लाज लाग्दैन, अत्याचारको पनि एउटा सिमा हुन्छ नि < भयो अबदेखि आफ्नै आमालाई पनि आमा भन्न छोडिदिनुस ।
छोरी के कट्पुतली हो < जहिले ईसारा चल्नुपर्ने, नाच भन्दा नाच्नु पर्ने, बस भन्दा बस्नु पर्ने < छोरीको ज्यान के ज्यान होइन < अनि हाम्रो देशको कानुन, छोरी, महिलाहरुको लागि दिएको हक र अधिकार त्यो थोत्रो बसको अगाडीको सिटमात्र हो । त्यो बाहेक अन्य ठूलो पोष्टमा त यो नियम कानुन बनाउने स्वयम व्यक्तिलाई पनि तितो हुन्छ । अनि कसरी महिला अघि बढ्छ < अनि कसरी छोरी हत्या, हिंसा र बलात्कारबाट बच्न सक्छ <
विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया निकिता चौधरीको शनिवार राति हत्या भएको थियो । कारण दाईजो । चौधरीको बिवाह भएको २१ महिना भएको थियो । बिवाहमा उनको माइतीबाट ३२ लाख रुपैयाँ नगद, आठ तोला सुन, ९० तोला चाँदी र एउटा मोटरसाइकल दाइजोमा दिएको थियो । यति दिदा पनि अझै तेरो माईतीबाट मलाई यो दे त्यो दे भन्दै घरेलु हिंसा हुन थाल्यो । उनको श्रीमानको नाम नगेन्द्र भगत हो । सुनसरीको इनरूवा नगरपालिका–३ घर भएका ३२ वर्षिय नगेन्द्र दाईजोको नाममा जहिले कुटपिट गर्ने गथ्र्यो । अन्तत उनले भदौ ३० गते आफ्नै श्रीमतीको हत्या गरिदियो । उनीहरुको ११ महिने छोरा पनि छ । अहिले नगेन्द्रलाई प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । श्रीमतीको ज्यान लियो, आफू कारागारमा पस्ने भयो, अन्तमा ति ११ महिने छोरेलाई टुहुरो बनाईदियो । खै आखिर के पायो त ज्यान लिएर < त्यहि कारागारको कालो कोठा हैन <
महिला हिंसा समाजको त्यो कुरुप तस्वीर हो जसले महिलालाई मान्छेका रुपमा सामान्य अधिकारको उपभागबाट पनि बञ्चित बनाइरहेको हुन्छ । सबै महिला, हिंसाको उच्च जोखिममै छन् । घरभित्र होस् या बाहिर, आफ्नाबाट होस् या पराइबाट, महिलामाथि जुनसुकै प्रकारको हिंसा, हत्या भएको हुन्छ । कुनै घटनाहरु त सार्वजनिक हुन्छ भने अधिकांश घटना पर्दा पछाडी नै सिमित रहन्छ । धेरै महिला खुलेर आफूलाई हिंसा भएको भन्न चाहदैनन् । मैले कसैलाई सुनाईहाल्यो भने झनै हल्ला मात्र हुन्छ, समाजले आफ्नै परिवारको खिल्ली उडाउछ भनेर आफ्नो पिर आफैमा दबाएर राख्छन् । त्यसको परिणाम पछि आफ्नै ज्यान त्यागेर चुकाउनु पर्छ । निकिता चौधरीको केशमा पनि यस्तै हो । यदि उनले आफूलाई भएको हिंसा र अत्याचार माइतीमा राख्ने र माइतीले पनि उनलाई सपोर्ट गर्ने भए यो घटना घट्ने थिएन होला ।
चौधरीको हत्यारा श्रीमान नगेन्द्र भगतलाई त कार्वाही गरिने भयो तर हाम्रो देशमा यो भन्दापनि अझै कहाली लाग्दो घटनाहरु घटेका छन्, जसको केश अघि बढाउनु नभ्याई भित्रभित्रै रफादफा गरिने गर्छन् । जस्तै निर्मला पन्त हत्या प्रकरणलाई लिन सक्छौ । अझै थुप्रै यस्ता केशहरु छन्, जुन अहिलेसम्म सुल्झिएको छैन । उनका आमाबुवाहरु सन्तानको न्यायाका लागि कोट धाईरहन्छ, तर बिडम्बना ति अबोध बालिकाहरुले न्याय पाउन सकिरहेको छैनन् । मान्छेको ज्यानलाई कमिला मरेसरी ठान्ने यहाँ, दोषि पक्षबाट भनेजती घुस पाएसी भएका सबुत पनि च्यातेर फाल्ने, केशलाई ढाकछोप गर्न तिर लाग्ने हाम्रो कानुन, देश चलाउने नै सबै घुसघोर भएसी अरु त झनै नहुने चान्सै भएन । हाम्रो देहशको कानुन् व्यवस्था, मुठिभरी पैसामा बिक्छ । हो यस्तै यस्तै कर्तुत देखाउदै गयो भने आउदो संसारभरीको डाटाबेसमा घुसघोरीमा नेपालले उच्च स्थान हासिल गर्ने छ ।