५ असोज २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य इश्वरी न्यौपानेले नयाँ दलहरुलाई फेसबुके पार्टीको रुपमा टिप्पणी गरेकी छन्। हामीलाई फेसबुके पार्टीले चुनौती दिएको हुँदा अब जनताको समस्या बोल्नुपर्ने भन्दै केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राखिन् ।
उनले भने, ‘हामी जनताको बिषयमा बोल्नुपर्ने हो। हामी हाम्रो बिषयमा कति बोल्ने ? हाम्रो लागि अहिले च्यालेन्ज धेरै छन्। अहिले फेसबुके पार्टी आइसके। त्यो सातदिनमा बन्द त हुँदैन होला नि। फेसबुकमा हाम्रो सहमहामन्त्रीलाई खुकुरी हानेको बिषय हेर्नुहुन्छ भने एउटालाई मात्रै होइन अरुलाई पनि छप्पाइदिए हुन्छ भन्ने आइरहेका छन्, समाज कतातिर जाँदैछ।’
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?