५ असोज २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ । चङ्गा, ड्रोन, बेलुन, लेजर लाइटले उडान सुरक्षामा पार्ने जोखिमतर्फ ध्यान दिएर यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सूचनामार्फत जानकारी गराएको हो ।
विमानस्थल नागरिक उड्डयन कार्यालयले आज शुक्रवार एक सूचना निकालेर उडान तथा अवतरणको समयमा पटक–पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्नेतर्फ सचेत रहन अनुरोध गरेको हो । साथै प्राधिकरणले अटेर गरी यस्ता काम गरेमा कानुनअनुसार कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?