• २८ चैत २०८१, शुक्रबार
  • Fri, 11 Apr 2025
गोरखापत्र
गोरखापत्र

नेपालको आर्थिक अवस्था, युवा विदेश पलायन र जनतामा देखिएको निराशा : कांग्रेसको ठूलो बहस

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र

काठमाडौं- समसामयिक राजनीतिक घटनाक्रमबारे गरमागरम बहस हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हिजोआज फरक विषयमाथि केन्द्रित हुन थालेको छ। मुलुकको आर्थिक अवस्था खस्केको, युवा विदेश पलायन भएको र जनतामा निराशा देखिएको विषयमाथि गत असोज ४ गतेदेखि जारी केन्द्रीय समितिमा नेताहरूले धारणा राखिरहेका छन्।

केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले दैनिक हजारौं युवा विदेश पलायन भइरहेको बताए। आइतबार केन्द्रीय समिति बैठकमा बोलेका उनले युवा विदेशिएको र त्यसको नैराश्यता कांग्रेसमाथि आइरहेको बताए। ‘कांग्रेसले रोजगारीको सिर्जना, सेवा क्षेत्र विस्तार र राजश्व अवस्थामा वृद्धि गर्नमा महत्व दिनुपर्छ,’ घिमिरेले भने, ‘देशमा रोजगारी अवस्था सिर्जनाका लागि नीति नै सुधार गर्नुपर्ने खाँचो छ।’ उनले युवा विदेश पलायन हुनुमा राजनीतिक अस्थिरता पनि एक कारण रहेको बताए। ‘के कारणले हाम्रो राजनीति अस्थिर बन्न पुग्यो, कसैले निर्वाचन प्रणालीकै कारण अस्थिरता थपियो भनेका छन्। यी मुद्दामा पार्टीले आगामी महासमिति बैठकबाट दृष्टिकोण निर्माण गर्नुपर्छ,’ उनले भने।

अबको आमचुनाव सम्भवतः (२०८४) मा करिब २० लाख युवा नयाँ मतदाता हुने बताउँदै अर्का केन्द्रीय सदस्य विनोद चौधरीले सोधे, ‘नयाँ सोच र दृष्टिकोण भएका युवालाई पार्टीमा आकर्षित गर्ने रणनीति के छ ?’ चौधरीले दिनहुँ तीन हजार हाराहारीमा युवा विदेश गइरहेको बताए। ‘ती युवाहरू विदेश पलायन भएका छन् र विदेश पुगेर पुराना पार्टीहरूलाई गाली गरिरहेको देखिन्छ,’ उनले भने, ‘स्वदेशमै केही गर्छु भन्ने सोच राखेका मानिसलाई स्वार्थको द्वन्द्वका नाममा पाखा लगाउने काम बन्द गरियोस्। यस्तो प्रवृत्ति रहिरहे अझै पलायन हुने बढ्छन्।’ अबको १० वर्षमा मुलुक कस्तो बन्छ भन्नेबारे पार्टीहरूसँग दस्तावेजसमेत नभएको चौधरी बताउँछन्।

‘नेपाल भन्दा बाहिर रहेका नेपालीलाई स्वदेश कसरी फर्काउन सकिन्छ भन्नेबारे पनि अब छलफल गर्नुपर्छ,’ उनले भने, ‘रोजगारी सिर्जना गर्न सकियो भने केही मानिस स्वदेश फर्कन सक्छन्।’ उनले केन्द्रीय समिति बैठकमा कम्तीमा दुई दिन आर्थिक मुद्दाबारे बहस गरिनुपर्ने बताए।

‘हामीले उद्यमीका मर्म बुझ्न सकेका छैनौं,’ उनले भने, ‘फराकिलो दृष्टिकोणबाट पार्टी पुनर्निर्माणमै जुट्नुपर्छ।’ पलायन भएका युवाहरूलाई स्वदेश फर्काउने विषयमाथि पनि गम्भीर ढंगबाट छलफल हुनुपर्ने चौधरीले बताए।

केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीले प्रजातन्त्र र अर्थतन्त्र एकअर्काका परिपुरक भएको बताए। ‘कृषि नै मुख्य रोजगारको क्षेत्र हो,’ उनले भने, ‘पर्यटनको पनि मुलुकमा प्रचुर सम्भावना छ, यतातर्फ पनि युवाहरूलाई सरिक गराऔं।’ उनले मुलुकको साधन र स्रोतको उच्चतम प्रयोग गरी युवालाई स्वदेशमै राख्नुपर्ने बताए। ‘युवालाई मुलुकमै राख्न सकिएन भने भोलिका दिनमा झन् चुनौतीहरू थपिँदै जान्छन्,’ उनले भने।

अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले राज्यका हरेक निकाय र संस्थाहरूप्रति मानिसको भरोसा खस्कनु पनि युवाहरू पलायन हुनुको कारण रहेको तर्क गर्छन्। नेतृत्वप्रति आशा निराशामा परिणत भइसकेको छ,’ उनले भने, ‘महँगीले नागरिक पिल्सिएका छन्। हरेक नागरिक आफ्ना सन्तानलाई कक्षा १२ कहिले पास गराउने र विदेश पढाउने भनेर सपना देखिइरहेका छन्।’ मानिसहरूले आफैँलाई दाउमा राखेर सन्तानलाई विदेश पठाइरहेको उनको भनाइ छ। ‘विद्यार्थीहरू कक्षा १२ पास गरेपछि विदेश जानुपर्छ भन्ने मनोविज्ञानमा छन्,’ उनले भने, ‘विद्यार्थी विदेश, शिक्षकमा सडकमा अनि मतदुरी गर्ने मलेसिया जाँदैछन्। विदेश जानेहरूको भिड विमानस्थलमा देख्दा हरकोहीको आँखा रसाउँछ।’ विगतमा काम गर्न नसकेकोमा क्षमायाचना गरी नयाँ शिराबाट राजनीतिलाई अघि बढाउन उनले नेतृत्वलाई आग्रह गरेका छन्।

केन्द्रीय सदस्य विद्या तिमिल्सिनाले लाखौं नेपाली विदेश पलायन भएको बताइन्। सहरका कलकारखाना बन्द छन्, गाउँमा विकास हुन सकेको छैन,’ उनले भनिन्, ‘लाखौं नेपाली विदेश पलायन भइसके।’ नेताहरूले आफ्नोभन्दा पनि मुलुक र जनताकै चिन्ता गर्नुपर्ने उनले बताइन्। ‘विदेशिने मन भएका नेपाली युवालाई स्वदेशमै राखेर रोजगारी दिनुपर्‍यो,’ उनले भनिन्।

मुलुकमा व्यवस्थासँगै अर्थतन्त्र पनि राम्रो हुनुपर्ने केन्द्रीय सदस्य कल्याणी रिजाल बताउँछिन्। ‘मुलुकमा अर्थतन्त्र खस्कँदो छ,’ उनले भनिन्, ‘जीविकोपार्जनका लागि पनि युवाहरू विदेशिनु परेको छ, विद्यार्थी भौतारिएर अर्काका देशमा पुग्नु परेको छ।’ जनताले स्वदेशमै रोजगारी खोजेको उनले बताइन्। ‘जनताका ठूला आशा र भरोसा छैनन्, यही मुलुकमा जागिर खान पाऊँ भन्ने छ,’ उनले भनिन्, ‘महँगी नियन्त्रण होस्, प्रशासनिक क्षेत्रले समयमै काम गरिदिऊन् भन्ने छ।’

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले जनताका समस्या समाधान गर्न नसक्ने हो भने सरकारमा बसिराख्नुको औचित्य नहुने बताए। ‘हाम्रो मुलुकमा लगानीको वातावरण बन्न किन सकिरहेको छैनरु,’ उनले प्रश्न गरे, ‘दुबईमा संसारभरबाट लगानी ओइरिएको छ, हामी लगानी वातावरण बनाउन किन सक्दैनौं ?’ लगानी वातावरण बनाउन सके रोजगारी सिर्जना र पुँजी पलायन पनि रोक्न सकिने पौडेल बताउँछन्। ‘यस्ता विषयमा के कस्तो नीति लिने भनेर महासमिति बैठकबाट दृष्टिकोण बनाऔं,’ उनले भने, ‘त्यो दृष्टिकोण अहिलेको सरकारले लागु नगरे समर्थन फिर्ता लिनुपर्छ।’

केन्द्रीय सदस्य भीम पराजुलीले देशबाट युवासँगै बौद्धिकता र सीप पनि पलायन भइरहेको बताए। ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारीजस्ता क्षेत्रका नीतिका विषयमा अब कांग्रेसले गम्भीर छलफल गरी दृष्टिकोण बनाएर अघि बढ्नुपर्छ,’ उनले भने। 

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाए, राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त

काठमाडौं । प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् ।प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो । ताहरु सभा स्थल छाडेर हिँडेपछि प्रदर्शनकारी केहीबेर अन्योलमा परेका थिए । केहीबेरपछि उनीहरु आफैं मञ्चमा पुगेर नेताहरुलाई कार्यक्रमस्थलमा आउन आह्वान गरेका थिए ।त्यसअघि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाएका छन् ।

slider

प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि अश्रुग्याँस र लाठी प्रहार

काठमाडौं । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले पूर्वराजाका समर्थकहरुलाई बानेश्वरतिर जानबाट रोक्ने अश्रुग्याँस र लाठी प्रहार गरेको छ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । तर, प्रदर्शनकारीहरु त्यहाँबाट बानेश्वरतर्फ जान खोजेपछि तनाव उत्पन्न भएको छ । गणतन्त्रका पक्षधर समूहले प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन् ।

slider

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक, विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । बैठकमा विभिन्न नियमावली र कार्यविधिहरुमाथि छलफल हुने बताइएको छ । प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ कार्यविधि प्रतिस्थापन, रास्वपाले बनाएको र्यापिडप एक्सन टिम र्याट नियमावली २०८१ , सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफलको तयारी छ । समसामयिक पार्टी गतिविधि, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीका बारेमा पनि बैठकमा छलफल हुने बुर्लाकोटीले जानकारी दिए । रास्वपा यतिबेला विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा छ, उता हर्क र कुलमानले समेत पार्टी निर्माण गर्ने चर्चा छ, यसो त नयाँ सबै एकै ठाउँ आउने वातावरण भए, बालेन ले पनि पार्टी खोल्नेछन, उनको तयारी निकै फरक र आश्चर्यजनक लाग्ने छ, उनले छोटो समयमै पार्टी घोषणा गर्ने र स्थानिय तहका धेरै क्षेत्रमा जीत हाशिल गर्ने लक्ष्य राखेका छन । नयाँ पार्टी भर्सेज पुरानाहरु बिचको मुख्य लँडाई को हतियार र तौरतरिका नबुझे अबको ८४ को चुनाबि नतिजा पनि सोचेभन्दा फरक आउने निश्चत छ । देश बनाउने र जनताले चाहेको राज्य व्यवस्था स्थापना गर्ने खाका चाहिं न नयाँ सँग देखिन्छ न पुरानो सँग, तर पुराना भन्दा जनताले नयाँलाई रुचाईरहेका छन ।

slider

अन्दाजी ३० ३५ वर्षका पुरुष मृत फेला

राजधानी मै घटेको यो घटनाले सुरक्षा संयन्त्रलाई चनाखो बन्न झक्झक्याएको छ

slider

तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जित्यो

रामेछाप । तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ । उसले वडा नं १० चनखुलाई सोझो सेटमापछि पार्दै उपाधि जितेको हो । महिला तर्फको उपाधि भने भटौलीले जितेको छ । बुधवार मध्यान्न भएको विजेताको प्रतिस्पर्धामा तीनै सेट २५–१९, २५–९ र २५–१२ ले आफ्नो पक्षमा पार्दै चिसापानीले पुरुष तर्फको भलिबलको उपाधि हात पार्दै इतिहास रचेको हो । यो सँगै चिसापानीले नगद १ लाख रुपैयाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेताहरूलाई नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेतसहितका जनप्रतिनिधिहरूले नगद १ लाखसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै, उपविजेतामा चित्त बुझाएको मन्थली–१० चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो नगर कपको विजेता समेत रहेको वडा नं ७ भटौली तेस्रो नगर कपमा तेस्रो मात्रै भएको छ । उसले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यो पटकको सान्त्वना पुरस्कार भने प्राविधिक त्रुटि गरेको पाइएकाले रद्द गरिएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ । त्यस्तै, तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कपमा प्रथम भएको वडा नं ७ भटौलीलाई नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र नगरकी उपप्रमुख ईश्वरी बस्नेतले प्रदान गरिन् । महिला भलिबलमा उपविजेता भएको मन्थली–१३ फुलासीले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विगतमा पुरुषको मात्रै खेल खेलाउँदै आएको मन्थली नगर खेलकुद विकास समितिले यो पटक देखि महिला भलिबलको खेल खेलाउन थालेको हो । महिला भलिबलमा वडा नं १,२,३,६,७, ८ र १३ नम्बरले भाग लिएर प्रतिस्पर्धा गरेका थिए ।

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

गोरखापत्र