• २८ चैत २०८१, शुक्रबार
  • Fri, 11 Apr 2025
गोरखापत्र
गोरखापत्र

नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी तीब्र, अध्यक्षका लागि पाँचजनाको नाम चर्चामा

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र


सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको तीब्र तयारीसँगै भावी नेतृत्वको दाबेदारी दिनेहरुको हउडबाजी चलिरहेको छ । असोज १०-११ मा प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुन गइरहेको अधिवेशनका लागि ६ सय प्रतिनिधि छनोट भएका छन् ।

अहिले अध्यक्ष पदका लागि पाँचजनाको नाम चर्चामा आईरहेको छ । जसमा कालिकोटका मीनबहादुर शाही, प्रदेशका पूर्वसभामुख दैलेख ठाँटीकाँधका राजबहादुर शाही, कालिकोटकै प्रेमबहादुर सिंह, पोलिटब्युरो सदस्य गुलावजंग शाह र सुर्खेतका पूर्वसांसद सदस्य ध्रुवकुमार शाही छन् ।

गुलाबजंग र ध्रुवकुमार शाही दैलेख इन्चार्ज रहेका पार्टी स्थायी कमिटी सदस्य यामलाल कंडेलनिकटका हुन् भने मीनबहादुर शाही अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीनिकट हुन् । कर्णालीमा कँडेल र बोगटीको आ-आफ्नै समूह छ । उनीहरूले यतिबेला आफ्नो समूहबाट क-कसलाई उम्मेदवार बनाउने भन्नेमा गृहकार्यमा जुटेका छन् । कँडेलको समूहमा गुलावजंग शाह, लक्ष्मी पोखरेल, मोहन बानियाँ, भैरवसुन्दर श्रेष्ठ, टेकराज पछाइलगायतका नेताहरू छन् भने बोगटीको समूहमा विनोदकुमार शाह, विष्णु रिजाल, नगेन्द्र शाही नेशनल, नवराज रावत लगायतका नेताहरु छन् । दुवैतर्फ खासगरी पदाधिकारी तहमा प्यानल नै बनाउनेहरू टीम व्यवस्थापनमा जुटिरहेका छन् ।

अधिवेशनको मिति नजिकिँदै गर्दा सर्वसम्मत नेतृत्व चयन गर्ने बताएपनि कर्णालीमा भने मतदान हुने निश्चित देखिन्छ । नेतापिच्छे गुट उपगुट बनिरहेका छन् । पाँचजनामध्येमा मीनबहादुर शाही, गुलाबजङ्ग शाह र राजबहादुर शाहीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । सर्वसम्मत हुन नसकेमा यी तीनजनाको प्रतिस्पर्धा हुने निश्चित छ ।

कर्णालीमा एमालेका संगठित सदस्य ५१ हजार ८३७ जना छन् । अधिवेशनका लागि कर्णालीका १० वटा जिल्लाबाट पाँच सय ५० र जनवर्गीय संगठनबाट ५० जना गरि जम्मा ६० जना प्रतिनिधि छनौट भएर आउने बताइएको छ ।

पार्टीका २२ वटा जनवर्गीय संगठनहरु मध्ये २१ वटा संगठनलाई प्रतिनिधि चयनका लागि एमालेले निर्देशन समेत दिइसकेको छ । आठवटा जनवर्गीय संगठनलाई तीनरतीन जना र १३ वटा संगठनले दुईरदुई जना प्रतिनिधि चयन गर्ने पाउने छन् ।

जसमा अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, पेशागत महासंघ नेपाल, नेपाल उत्पीडित जातीय मु्क्ति समाज, राष्ट्रिय युवा संघ नेपाल, प्रेस चौतारी नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ र नेपाल राष्ट्रिय उद्योग व्यवासायी महासंघलाई एक महिला अनिवार्य सहित तीनजना प्रतिनिधि तोकिएको छ ।

यस्तै, दुईजना प्रतिनिधि पाउने संगठनमा नेपाल वुद्धिजिवी परिषद्, नेपाल भूमिहीन सुकुम्वासी संगठन, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन, लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन नेपाल, प्रोग्रेसिभ इन्जिनियरिंग एसोसिएसन नेपाल, मानव अधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल खेलकुद महासंघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल, अनेरास्ववियु, रिटर्नी फेडरेशन नेपाल र राष्ट्रिय सांस्कृतिक महासंघ रहेका छन्। उनीहरुले एक महिलासहित २ जना प्रतिनिधि हुन पाउने छन् ।

जसमा अधिवेशनमा पाँच सय ५० जना प्रतिनिधि सहभागि हुँनेमा सबै भन्दा बढी प्रतिनिधि सुर्खेतबाट चयन हुनेछन् । १० हजार ५५५ जना पार्टी सदस्य रहेका सुर्खेतबाट एक सय १२ जना प्रतिनिधि छनौट हुनेछन् । जसमा खुल्लातर्फ ३० महिला, ५६ पुरुष र दलिततर्फ नौ महिला र १८ पुरुष छनौट हुने छन् ।

यस्तै, सल्यानबाट तीन हजार ५८८ पार्टी सदस्य रहेकामो ३८ जना प्रतिनिधि सहभागि हुनेछन् । जसमा महिलातर्फ आठ, पुरुषतर्फ २२ र दलिततर्फ महिला दुई र पुरुष ६ जना छन् । दुई हजार १७० संगठित सदस्य रहेको रुकुमपश्चिमा २३ जना प्रतिनिधि चयन हुनेछन् । जसमा खुलतर्फ महिला ६, पुरुष १२ र दलिततर्फ महिला २ र पुरुष ३ चयन हुने छन् । साथै, जाजरकोटमा ६ हजार ८०० पार्टी सदस्य रहेकोमा ७५ जना प्रतिनिधि चयन हुनेछन् । जसमा खुल्लाबाट महिला १८, पुरुष ३८, दलिततर्फबाट ६ महिला र १३ पुरुष प्रतिनिधि सहभागी हुने छन् ।

यस्तै, डोल्पाबाट तीन हजार आठ सय ३६ जना संगठित सदस्य रहेकोमा ३९ जना प्रतिनिधि चयन लागेका छन् । जसमा ११ महिला, २३ पुरुष खुल्लाबाट र तीन पुरुष, दुई महिला दलिततर्फ छन् । मुगुमा एमालेका तीन हजार ३१ जना संगठित सदस्यमा ३२ जना प्रतिनिधि चयन हुने छन् । जसमा खुल्ला महिलातर्फ आठ, पुरुषतर्फ १७ जना र दलिततर्फ दुई महिला र ६ पुरुष छन् ।

हुम्लाबाट चार हजार ६६५ जना संगठित सदस्य रहेकोमा ४८ जना प्रतिनिधि छनौट हुने भएका छन् । जसमा १३ महिला २९ पुरुष खुल्लातर्फ र दलिततर्फबाट दुई महिला र चार पुरुष छन् । ६ हजार ६५३ संगठित सदस्य रहेको दैलेखबाट खुल्लातर्फ २० महिला तथा ३९ पुरुष प्रतिनिधि चयन हुनेछन् भने दलिततर्फ पाँच महिला र आठ पुरुष गरी ७२ जना छन् ।

यस्तै, चार हजार ४४३ जना संगठित सदस्य संख्या रहेको जुम्ला जिल्लाबाट ४६ जना प्रतिनिधि चयन हुनेछन् । जसमा १३ महिला, २५ पुरुष खुल्लाबाट र दलिततर्फबाट दुई महिला र ६ पुरुष छन् । कालिकोटमा ६ हजार १०३ पार्टी सदस्य रहेकोमा ६५ जना प्रतिनिधि छानिनेछन् । जसमा १६ महिला, ३३ पुरुष खुल्लाबाट र दलिततर्फबाट पाँच महिला र १० पुरुष रहेका छन् ।


Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाए, राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त

काठमाडौं । प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् ।प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो । ताहरु सभा स्थल छाडेर हिँडेपछि प्रदर्शनकारी केहीबेर अन्योलमा परेका थिए । केहीबेरपछि उनीहरु आफैं मञ्चमा पुगेर नेताहरुलाई कार्यक्रमस्थलमा आउन आह्वान गरेका थिए ।त्यसअघि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाएका छन् ।

slider

प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि अश्रुग्याँस र लाठी प्रहार

काठमाडौं । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले पूर्वराजाका समर्थकहरुलाई बानेश्वरतिर जानबाट रोक्ने अश्रुग्याँस र लाठी प्रहार गरेको छ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । तर, प्रदर्शनकारीहरु त्यहाँबाट बानेश्वरतर्फ जान खोजेपछि तनाव उत्पन्न भएको छ । गणतन्त्रका पक्षधर समूहले प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन् ।

slider

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक, विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । बैठकमा विभिन्न नियमावली र कार्यविधिहरुमाथि छलफल हुने बताइएको छ । प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ कार्यविधि प्रतिस्थापन, रास्वपाले बनाएको र्यापिडप एक्सन टिम र्याट नियमावली २०८१ , सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफलको तयारी छ । समसामयिक पार्टी गतिविधि, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीका बारेमा पनि बैठकमा छलफल हुने बुर्लाकोटीले जानकारी दिए । रास्वपा यतिबेला विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा छ, उता हर्क र कुलमानले समेत पार्टी निर्माण गर्ने चर्चा छ, यसो त नयाँ सबै एकै ठाउँ आउने वातावरण भए, बालेन ले पनि पार्टी खोल्नेछन, उनको तयारी निकै फरक र आश्चर्यजनक लाग्ने छ, उनले छोटो समयमै पार्टी घोषणा गर्ने र स्थानिय तहका धेरै क्षेत्रमा जीत हाशिल गर्ने लक्ष्य राखेका छन । नयाँ पार्टी भर्सेज पुरानाहरु बिचको मुख्य लँडाई को हतियार र तौरतरिका नबुझे अबको ८४ को चुनाबि नतिजा पनि सोचेभन्दा फरक आउने निश्चत छ । देश बनाउने र जनताले चाहेको राज्य व्यवस्था स्थापना गर्ने खाका चाहिं न नयाँ सँग देखिन्छ न पुरानो सँग, तर पुराना भन्दा जनताले नयाँलाई रुचाईरहेका छन ।

slider

अन्दाजी ३० ३५ वर्षका पुरुष मृत फेला

राजधानी मै घटेको यो घटनाले सुरक्षा संयन्त्रलाई चनाखो बन्न झक्झक्याएको छ

slider

तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जित्यो

रामेछाप । तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ । उसले वडा नं १० चनखुलाई सोझो सेटमापछि पार्दै उपाधि जितेको हो । महिला तर्फको उपाधि भने भटौलीले जितेको छ । बुधवार मध्यान्न भएको विजेताको प्रतिस्पर्धामा तीनै सेट २५–१९, २५–९ र २५–१२ ले आफ्नो पक्षमा पार्दै चिसापानीले पुरुष तर्फको भलिबलको उपाधि हात पार्दै इतिहास रचेको हो । यो सँगै चिसापानीले नगद १ लाख रुपैयाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेताहरूलाई नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेतसहितका जनप्रतिनिधिहरूले नगद १ लाखसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै, उपविजेतामा चित्त बुझाएको मन्थली–१० चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो नगर कपको विजेता समेत रहेको वडा नं ७ भटौली तेस्रो नगर कपमा तेस्रो मात्रै भएको छ । उसले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यो पटकको सान्त्वना पुरस्कार भने प्राविधिक त्रुटि गरेको पाइएकाले रद्द गरिएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ । त्यस्तै, तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कपमा प्रथम भएको वडा नं ७ भटौलीलाई नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र नगरकी उपप्रमुख ईश्वरी बस्नेतले प्रदान गरिन् । महिला भलिबलमा उपविजेता भएको मन्थली–१३ फुलासीले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विगतमा पुरुषको मात्रै खेल खेलाउँदै आएको मन्थली नगर खेलकुद विकास समितिले यो पटक देखि महिला भलिबलको खेल खेलाउन थालेको हो । महिला भलिबलमा वडा नं १,२,३,६,७, ८ र १३ नम्बरले भाग लिएर प्रतिस्पर्धा गरेका थिए ।

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

गोरखापत्र