गोरखा- गोरखामा एक व्यक्ति नदीमा बगेएर मृत्त फेला परेको छ । आइतरबार साँझ करिब ५ बजेको समयमा भैसी चराएर घरतर्फ लाँदैगर्दा दरौदी नदी तर्नेक्रममा उनको ज्यान गएको हो ।
सिरानचोक गाउँपालिका –५ जरेबरका ४२ बर्षीय हरिबहादुर सुनार मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दरौदी नदीले बगाएको खबर पाउने बित्तिकै खोजतलासको क्रममा सोमबार बिहान ८ बजेतिर गोरखा नगरपालिका –१२ को खत्रीबेशीस्थित दरौदी नदीको बीचभागमा रहेको बगरमा उनको शब भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए ।
‘बेपत्ता भएको खबर पाउने बित्तिकै उनका आफन्त, स्थानीय र प्रहरी मिलेर खोजी गरेको प्रहरी निरीक्षक खड्काले बताए । आज बिहान नदीको बीचभागमा रहेको बगरमा आफन्तहरुले उनको शब भेटेको छ ।
शब फेला पारेपछिपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइए प्रहरी निरीक्षक खड्काले जानकारी दिएकाछन् ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.