९ असोज २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- इन्द्रजात्रा पर्व विधिवत् रूपमा शुरू भएको छ। इन्द्रजात्रामा विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै काठमाडौं महानगरपालिकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।
जात्राका क्रममा असोज ११ गते वसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म रथयात्रा हुनेहुँदा ती क्षेत्रमा सवारी आवागमन प्रभावित हुने महानगरपालिकाले बताएको छ।
यस्तै असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुरसम्म रथयात्रा हुने छ।
असोज १५ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुरसम्म रथयात्रा हुनेछ। यो दिन महिलाले रथ तान्ने परम्परा छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?