काठमाडौं- आउँदै गरेको बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दशैं धमाका’ अफर सार्वजनिक गरेको छ । ‘दराज दशैं धमाका’ अन्तर्गत ग्राहकले छुटका साथै विभिन्न उपहार, भउचर प्रप्त गर्न तथा डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा पाउनेछन् ।
बुधबार अर्थात असोज १७ गतेबाट लागू भएको ‘दराज दशैं धमाका’ मा ग्राहकले ७० प्रतिशत सम्मको छुट, ७ हजार बराबरको भौचर पाउनेछन् भने, अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत वा १ हजार ५०० सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत वा २ हजार सम्मको छुट पाउनेछन् ।
त्यस्तै, ग्राहकले ३ हजार ५ सय रुपैयाँभन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गरेमा एक लाख बराबरको सपिङ्ग भौचर पनि प्राप्त गर्ने मौका पाउनेछन् ।अफर सम्बन्धी थप जानकारीका लागि ग्राहकले दराज अनलाइनको वेवसाइटमा गएर हेर्न सक्नेछन् ।
सन् २०१२ मा स्थापना भएको दराज दक्षिण एशियाको अन्लाइन सपिङ्ग प्लेटफर्म हो । हाल दराजका सेवाहरु नेपाल, बंलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरि ५ देशहरुमा उपलब्ध छ । कम्पनीका अनुसार ३० हजार बिक्रेता र करीब ५० लाख ग्राहकहरुलाई जोड्दै दराजले अहिले २५ लाख उत्पादनहरु बिक्री गर्ने गरेको छ ।