काठमाडौं - विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ ।
धर्मशालामा जितका लागि पाएको १५७ रनको लक्ष्य बंगलादेशले ३४.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
बंगलादेशलाई जिताउन नजमुल हुसेनले नट आउट ५९ रन बनाए भने मेहदी हसन ५७ रनमा आउट भए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १५६ रन बनाउँदै अल आउट भएको थियो ।
मध्यक्रम र पुछारका ब्याटर बंगलादेशी बलरसामु टिक्न नसक्दा अफगानिस्तानले ४४ रन जोड्दा ८ विकेट गुमाएयो ।
अफगानिस्तानका ओपनर रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए ।
अर्का ओपनर इब्राहिम जरदान र अजमातुल्लाह ओमाराजी समान २२ तथा रहमत शाह र कप्तान हसमतुल्लाह शहिदी समान १८ रनमा आउट भए ।
बंगलादेशका शकिब उल हसन र मेहदी हसनले समान तीनरतीन विकेट लिएका थिए ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.