काठमाडौं – द क्लिफ साईट रिसोर्ट धादिङ्गमा दोलखा कि २५ वर्षिय सोना सिवाकोटी मृत अवस्थामा फेला परेकि थिईन, उनको घर दोलखाको कालिन्चोक गाउँपालिका ८ हो ।
सोना रिसोर्टमा भुवन श्रेष्ठ नामका साथी सँग गएको कुरा अनुसन्धानले खुलेको छ । भुवन श्रेष्ठलाई ज्यान सम्बन्धी कसुरमा म्यद थप गरि अनुसन्धान सुरु भैरहेको श्रोतले जनाएको छ । असोज २ गते सोनालाई मृत अबस्थामा फेला पारेपछि अनुसन्धान सुरु भएको थियो, अनुसन्धानले भुवन श्रेष्ठ सँग ६ महिना देखि सम्बन्धमा रहेको र सो दिन पनि सोना र भुवन रिसोर्टमा बसेको समेत खुलेको थियो ।
धादिङ्गको गजुरीमा डान्स सिकाउने भुवन सँग सोना नजिक भएपछि, उनिहरु बिच प्रेम सम्बन्ध भएको शंका गर्न सकिन्छ, सोना उनै भुवनसँग डान्स सिकिरहेकी थिईन,उनको हत्या हो वा आत्माहत्या त्यो अनुसन्धानले खुलाउने छ, तर घटना पछि पोष्टमार्टम रिपोर्टमा भने सोनाले झुण्डिएर आत्महत्या गरेको कुरा उल्लेख छ ।
समाजमा मानसिक स्थास्थ् यबारे थप शिक्षा दिन जरुरी देखिन्छ, आवेग र हतारमा आजभोली मानिसहरुले अप्रिय निर्णय लिने गरेका तथ्य बढेका छन् , यसलाई रोक्न स्थानिय तह देखि नै एड्भोकेसी गर्न जरुरी देखिन्छ । बिएमएन न्यूज, काठमाडौं ।