• २७ चैत २०८१, बिहिबार
  • Thu, 10 Apr 2025
गोरखापत्र
गोरखापत्र

यूएई चार विकेटले विजयी,नेपालको अपत्यारिलो हार

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र

काठमाडौँ । उत्कृष्ट प्रदर्शन गर्दै उपाधि भिडन्तसम्म पुगेको आयोजक राष्ट्र नेपाल त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनलमा चुकेको छ । शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई चार विकेट हरायो । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । मध्यम लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाउँदै विजय लक्ष्य पार गरेको हो ।

यूएईको जितमा कप्तान मुहम्मद वसिमले ४५ रनको योगदान गरे । वृत्य अरविन्दले २६ रन बनाए । अर्का ओपनर आर्यान्श शर्माले पनि टोलीका लागि २५ रनको योगदान गरे । वासिल हमिदले अविजित २२ र आयान अफजल खानले अविजित पाँच रन बनाए । 

नेपाली टोलीका बलर गुल्सन झा र अविनाश बोहराले दुई-दुई विकेट लिए । कुशल मल्लले पनि एक विकेट हात पारे । फाइनलमा नेपाली टोलीका मध्यक्रमका ब्याट्सम्यानहरु खासै प्रभावकारी देखिएका थिएनन् । नेपाली बलरहरुले पनि प्रारम्भमा यूएईलाई निकै बढी रन दिए ।

यूएईले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान मुहम्मद वसिमलाई गुमाएको थियो । उनलाई नेपाली बलर गुल्सन झाले ४५ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । यूएईका कप्तानसमेत रहेका वसिमले केवल २२ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काएका थिए । उनी आउट हुँदा यूएईले ६.४ ओभरमा एक विकेट गुमाएर ७१ रन बनाएको थियो ।

यूएईले दोस्रो विकेटका रूपमा ओपनर ब्याट्सम्यान आर्यान्श शर्मालाई गुमाएको थियो । उनी २६ बलमा दुई चौकाको मद्दतले २५ रन बनाउँदै आउट भएका थिए । उनलाई कुशल मल्लले सन्दिप जोराद्वारा क्याच गराएका हुन् । विकेटकिपर ब्याट्सम्यान आर्यान्श आउट हुँदा यूएईले ९.३ ओभरमा ८५ रन बनाएको थियो । 

यूएईले तेस्रो विकेटका रूपमा आसिफ खानलाई सात रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनले ६ बलमा एक छक्का पनि हिर्काएका थिए । उनलाई गुल्सन झाले अविनाश बोहरामार्फत क्याच गराएका थिए । गुल्सन झाको यो दोस्रो विकेट थियो । उनी आउट हुँदा यूएईले १०.५ ओभरमा ९४ रन बनाएको थियो ।

यूएईले चौथो विकेटका रूपमा एलिसन सराफु पेभेयिन फर्किएका थिए । उनी १३ बलमा दुई चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए । उनलाई अविनाश बोहराले कुशल भुर्तेलमार्फत क्याच गराएका थिए । उनी आउट हुँदा यूएईले १४.३ ओभरमा चार विकेट गुमाएर एक सय २० रन बनाएको थियो ।

यूएईको पाँचौँ विकेटका रूपमा वृत्य अरविन्द पेभेलियन फर्किएका थिए । उनी २५ बलमा तीन चौकाको मद्दतले २६ रन बनाउँदै आउट भएका थिए । उनलाई दिपेन्द्रसिंह ऐरीले रनआउट गराएका थिए । उनी आउट हुँदा यूएईले १५.४ ओभरमा एक सय २७ रन बनाएको थियो ।

यूएईले छैठौँ विकेटका रूपमा अली नासिरलाई ११ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनले नौ बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । उनलाई अविनाश बोहराले बोल्ड गरेका थिए । 

त्यसअघि नेपालले टस हारी आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । अन्तिम ओभरमा समेत नेपालले गतिलो रन बटुल्न सकेनन् । नेपालले अन्तिम ओभरमा दुई रन मात्र बनाएको थियो । करण केसी २३ रन बनाउँदै अविजित रहे । उनले १७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । अविनाश बोहरा शून्य रनमा अविजित रहे । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५० रनको योगदान गरे । 

नेपालले आफ्नो पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी १२ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनी आउट हुँदा नेपालले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएको थियो । उनलाई यूएईका बलर आयान अफजल खानले बोल्ड गरेका थिए ।

नेपालको दोस्रो विकेटका रूपमा कुशल मल्ल पेभेलियन फर्किएका थिए । उनी दुई बलको सामना गरी एक रन बनाउँदै आउट भएका थिए । ६.४ ओभरमा उनी आउट हुँदा नेपालले दुई विकेट गुमाएर ६३ रन बनाएको थियो । उनलाई पनि यूएईका बलर आयान अफजल खानले नै बोल्ड गरेका थिए ।

नेपालले तेस्रो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनले टोलीका लागि अर्धसतकीय योगदान गरे । उनी अर्धसतक पुरा गरेलगत्तै अर्को बलमा पेभेलियन फर्किएका हुन् । उनले २८ बलमा तीन छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका थिए । 

कुशल भुर्तेललाई यूएईका बलर जाहुर खानले बोल्ड गरेका हुन् । उनी आउट हुँदा नेपालले ७.३ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको थियो । त्यसअघि खेलको प्रारम्भमै चौका प्रहार गर्दा उनको ब्याट पनि भाँचिएको थियो । 

उनले यूएईका बलर मुहम्मद जवादुल्लाहको बलमा चौका प्रहार गरेका थिए । सोही क्रममा उनको ब्याट भाँचिएको थियो । त्यसपछि उनले अर्को ब्याट लिएर खेल अगाडि बढाएका थिए । खेलका क्रममा उनी दुई पटक क्याच आउट हुनबाट जोगिएका थिए । 

यसैगरी नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी १७ बलको सामना गरी एक चौकाको मद्दतले १८ रन बनाउँदै आउट भएका हुन् । उनलाई यूएईका बलर अली नासिरले विकेटकिपर आर्यान्श शर्माद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १२.१ ओभरमा चार विकेट गुमाएर एक सय आठ रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी १५ बलमा एक छक्का र एक चौकाको मद्दतले २० रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर अली नासिरले बोल्ड गरेका थिए । दीपेन्द्र आउट हुँदा नेपालले १२.४ ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन बनाएको थियो ।

यसैगरी नेपालले छैठौँ विकेटका रूपमा सन्दिप जोरालाई गुमाएको थियो । उनी १० बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर जाहुर खानले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १५.१ ओभरमा ६ विकेट गुमाएर एक सय २३ रन बनाएको थियो ।

नेपालले सातौँ विकेटका रूपमा गुल्सन झालाई गुमाएको थियो । उनी आठ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर जुनैद सिद्धकीले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १६।१ ओभरमा सात विकेट गुमाएर एक सय ३१ रन बनाएको थियो । 

यसैगरी नेपालले आठौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी आठ बलमा दुई चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर आयान अफजल खानले बोल्ड गरेका हुन् । 

उनी आउट हुँदा नेपालले १७.४ ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी-२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृंखला खेलिएको हो ।

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाए, राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त

काठमाडौं । प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् ।प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो । ताहरु सभा स्थल छाडेर हिँडेपछि प्रदर्शनकारी केहीबेर अन्योलमा परेका थिए । केहीबेरपछि उनीहरु आफैं मञ्चमा पुगेर नेताहरुलाई कार्यक्रमस्थलमा आउन आह्वान गरेका थिए ।त्यसअघि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाएका छन् ।

slider

प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि अश्रुग्याँस र लाठी प्रहार

काठमाडौं । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले पूर्वराजाका समर्थकहरुलाई बानेश्वरतिर जानबाट रोक्ने अश्रुग्याँस र लाठी प्रहार गरेको छ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । तर, प्रदर्शनकारीहरु त्यहाँबाट बानेश्वरतर्फ जान खोजेपछि तनाव उत्पन्न भएको छ । गणतन्त्रका पक्षधर समूहले प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन् ।

slider

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक, विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । बैठकमा विभिन्न नियमावली र कार्यविधिहरुमाथि छलफल हुने बताइएको छ । प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ कार्यविधि प्रतिस्थापन, रास्वपाले बनाएको र्यापिडप एक्सन टिम र्याट नियमावली २०८१ , सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफलको तयारी छ । समसामयिक पार्टी गतिविधि, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीका बारेमा पनि बैठकमा छलफल हुने बुर्लाकोटीले जानकारी दिए । रास्वपा यतिबेला विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा छ, उता हर्क र कुलमानले समेत पार्टी निर्माण गर्ने चर्चा छ, यसो त नयाँ सबै एकै ठाउँ आउने वातावरण भए, बालेन ले पनि पार्टी खोल्नेछन, उनको तयारी निकै फरक र आश्चर्यजनक लाग्ने छ, उनले छोटो समयमै पार्टी घोषणा गर्ने र स्थानिय तहका धेरै क्षेत्रमा जीत हाशिल गर्ने लक्ष्य राखेका छन । नयाँ पार्टी भर्सेज पुरानाहरु बिचको मुख्य लँडाई को हतियार र तौरतरिका नबुझे अबको ८४ को चुनाबि नतिजा पनि सोचेभन्दा फरक आउने निश्चत छ । देश बनाउने र जनताले चाहेको राज्य व्यवस्था स्थापना गर्ने खाका चाहिं न नयाँ सँग देखिन्छ न पुरानो सँग, तर पुराना भन्दा जनताले नयाँलाई रुचाईरहेका छन ।

slider

अन्दाजी ३० ३५ वर्षका पुरुष मृत फेला

राजधानी मै घटेको यो घटनाले सुरक्षा संयन्त्रलाई चनाखो बन्न झक्झक्याएको छ

slider

तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जित्यो

रामेछाप । तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ । उसले वडा नं १० चनखुलाई सोझो सेटमापछि पार्दै उपाधि जितेको हो । महिला तर्फको उपाधि भने भटौलीले जितेको छ । बुधवार मध्यान्न भएको विजेताको प्रतिस्पर्धामा तीनै सेट २५–१९, २५–९ र २५–१२ ले आफ्नो पक्षमा पार्दै चिसापानीले पुरुष तर्फको भलिबलको उपाधि हात पार्दै इतिहास रचेको हो । यो सँगै चिसापानीले नगद १ लाख रुपैयाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेताहरूलाई नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेतसहितका जनप्रतिनिधिहरूले नगद १ लाखसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै, उपविजेतामा चित्त बुझाएको मन्थली–१० चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो नगर कपको विजेता समेत रहेको वडा नं ७ भटौली तेस्रो नगर कपमा तेस्रो मात्रै भएको छ । उसले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यो पटकको सान्त्वना पुरस्कार भने प्राविधिक त्रुटि गरेको पाइएकाले रद्द गरिएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ । त्यस्तै, तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कपमा प्रथम भएको वडा नं ७ भटौलीलाई नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र नगरकी उपप्रमुख ईश्वरी बस्नेतले प्रदान गरिन् । महिला भलिबलमा उपविजेता भएको मन्थली–१३ फुलासीले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विगतमा पुरुषको मात्रै खेल खेलाउँदै आएको मन्थली नगर खेलकुद विकास समितिले यो पटक देखि महिला भलिबलको खेल खेलाउन थालेको हो । महिला भलिबलमा वडा नं १,२,३,६,७, ८ र १३ नम्बरले भाग लिएर प्रतिस्पर्धा गरेका थिए ।

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

गोरखापत्र