१८ कात्तिक २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं । जाजरकोटमा केन्द्रबिन्दु बनाइ शुक्रबार राति गएको भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
दूतावासले यस घटनाप्रति दुस्ख व्यक्त गर्दै अमेरिका सहयोगका लागि इच्छुक रहेको जानकारी दिएको हो । साथै, यस घटनाबाट प्रभावित अमेरिकी नागरिकलाई सम्पर्कमा आउनसमेत भनेको छ । जसका लागि उसले [email protected] र +977 01-423-4000सम्पर्क गर्न आग्रह गरेको छ ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाइ ६ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । गृहमन्त्रालयका अनुसार अहिलेसम्म एक सय ५७ जनाको मृत्यु भएको छ भने तीन सय ७५ जना घाइते भएका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?