• २८ चैत २०८१, शुक्रबार
  • Fri, 11 Apr 2025
गोरखापत्र
गोरखापत्र

मधेशमा यातायातका कर्मचारी सरुवामा आर्थिक चलखेलको आरोप

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र

जनकपुरधाम । ३ पुसमा मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यातायात व्यवस्था कार्यालय वीरगञ्जको प्रमुखमा शाखा अधिकृत कमलदास गौतमलाई हटाएर उमेश रेग्मीलाई पठायो ।

यातायात कार्यालयबाटै सरुवा भएर प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र जनकपुरधाममा आएका रेग्मी चार महिनामै पुरानो कार्यालयमा फर्काइएका थिए ।

रेग्मी लामो समयदेखि वीरगञ्जमा सवारी साधन दर्ता गर्ने यातायात व्यवस्था कार्यालयको प्रमुख थिए भने गौतम त्यहाँकै लाइसेन्स हेर्ने यातायात कार्यालय प्रमुख ।

गत साउनमा दुबै कार्यालयलाई गाभेर एउटै बनाएपछि गौतमले प्रमुखको जिम्मेवारी पाए भने १३ भदौमा रेग्मीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा सरुवा गरेको थियो ।

चार महिनापछि रेग्मीलाई पुनः वीरगञ्ज यातायातको प्रमुखमा पठाउँदा आर्थिक चलखेल भएको मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु दाबी गर्छन् । यातायात कार्यालयमा हुने अनधिकृत कमाइका कारण विचौलियाले रेग्मीलाई त्यहाँ लैजान आर्थिक चलखेल गरेको स्रोतको दाबी छ ।

रेग्मीले भने आफू यातायात कार्यालय फर्किदा आर्थिक चलखेल भएको आरोपको खण्डन गरे । ‘म सिनियर कर्मचारी हुँ । मलाई त्यही बेला अन्यत्र सरुवा गरियो । फेरि कानुनी प्रक्रिया अनुसार नै मलाई मुख्यमन्त्री कार्यालयले जिम्मेवारीमा पठाएको छ’, उनले भने ।

रेग्मी वीरगञ्जको यातायात कार्यालय हुँदा अवैध सवारी साधन वैध बनाएको आरोप छ । तर उनले भने आफ्नो पालामा एउटा सवारी साधन मात्र त्यसरी दर्ता भएको स्वीकारे । त्यसलाई पनि पछि रद्द गरेको रेग्मीले बताए ।

कम्प्युटर अधिकृत शम्भु चौधरी र खरिदार विप्लव भट्टराई पनि अन्यत्र सरुवा भएको केही महिनामै यातायात कार्यालय वीरगञ्जमा फर्किएका छन् ।

पुस पहिलो हप्ता सर्लाही मलंगवास्थित यातायात व्यवस्था कार्यालयमा हाजिर हुँदा नायब सुब्बा केविन्दकुमार यादवले स्वागत पाएका थिए । तर त्यसै दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यादवलाई ३ पुसको निर्णय अनुसार भन्दै उनलाई सरुवा भएर आएको यातायात व्यवस्था कार्यालय वीरगञ्जमै पठाइदियो ।

यातायात व्यवस्था कार्यालय लहानमा ७ वर्षदेखि कार्यरत सहायक शाखा अधिकृत ९छैठौं० विजय दाहालको पटक पटक सरुवा भयो । तर उनी लहानबाट अन्यत्र जान मानेका छैनन् ।

नायब सुब्बाबाट अधिकृत छैठौं भएका दहालको गत भदौमै उनको सरुवा भएको थियो । तर आर्थिक चलखेल गरी पुनः मुख्यमन्त्री कार्यालयलाई प्रभावमा पारेर काममा यथावत छन् ।

दाहालले भने आफू यातायात कार्यालयमा तीन वर्षदेखि मात्रै रहेको दाबी गरे । पटक पटक सुरुवा हुँदा पनि अर्को कार्यालयमा नगई त्यहीँ कसरी बस्न पाउनुभयो भन्ने जिज्ञासामा उनले ‘भेटेर कुरा गर्ने’ प्रतिक्रिया दिए ।

लहानकै यातायात कार्यालयमा सहायक शाखा अधिकृत ९छैठौं० प्रेमबहादुर कार्की पाँच वर्षदेखि कार्यरत छन् । उनले पनि पटक पटक सरुवा भए पनि रमाना बुझ्न अस्वीकार गर्दै आएका छन् ।

सरुवा हुनासाथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भनसुन गरेर लहानमै बस्दै आएको स्रोतको दाबी छ । उनको स्थानमा अधिकृत छैठौं सरोजप्रसाद आचार्य वीरगञ्जस्थित यातायात कायाएलयबाट आएका एक महिना अघि हाजिर भएर काम गरिरहेका छन् । तर कार्कीले रामाना बुझ्न चाहेका छैनन् ।

कार्की भने आफू प्रदेशमा समायोजन भएदेखि यही कार्यालयमा रहेको बताए, तर सरुवाका लागि रमाना नबुझेकोबारे प्रतिक्रिया दिन अस्वीकार गरे । यस विषयमा हाकिमसित कुरा बुझ्नुस् भन्दै उनले फोन काटे ।

प्रदेशमा धेरै राजश्व संकलन हुने र कर्मचारीलाई अनधिकृत कमाइ हुने अड्डा यातायात कार्यालय मानिन्छ । त्यस कारण कतिपय कर्मचारीहरु सोर्सफोर्स लगाएर होस् कि मोटो रकम बुझाएर होस् त्यहीँ जान चाहन्छन् ।

फलस्वरुप अहिले यातायात कार्यालयहरुमा दरबन्दी भन्दा बढी कर्मचारी कार्यरत रहेका प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंह स्वीकार्छन् ।

‘जो पनि कर्मचारी केवल यातायात कार्यालयहरुमै जान चाहन्छन् । त्यस कारण यातायातहरुमा दरबन्दी भन्दा बढी ‘डम्प’ भएको छ’, मन्त्री सिंह भन्छन् ।

आर्थिक चलखेल गरी यातायातमा सरुवा भएर जाने कर्मचारीहरुले बिचौलिया परिचालन गरी सवारी चालक अनुमति पत्र, सवारी सरुवा दर्ता लगायतमा चलखेल गर्दै आएका छन् ।

आर्थिक लाभ लिएर कर्मचारीले यातायात कार्यालयको ढड्डामा नै बिचौलियालाई सवारी दर्ता र चालक अनुमति पत्र दर्ता गर्न छुट दिने गरेको स्रोतको दाबी छ ।

यही अनधिकृत रकम आर्जन गर्न पल्केका यातायातमा काम गरिसकेका कर्मचारी अन्य कार्यालयमा सरुवा भएर जान मान्दैनन् । सरुवा भएपनि आर्थिक चलखेल गरी पुरानै कार्यालय फर्किने गरेका छन् ।

प्रदेशभित्रका कर्मचारीको सरुवा र थमौती मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गर्ने गरेको छ । ‘आर्थिक लेनदेन उच्च तहमा हुने भएकाले कसले कसलाई कति रकम बुझायो भन्नेबारे हत्तपत्त सार्वजनिक हुदैन’, मुख्यमन्त्री कार्यालयका एक कर्मचारी भन्छन्, ‘मुख्यमन्त्री कार्यालयबाट यातायातमा हुने सरुवा आर्थिक लेनदेन नभइ हुदैन ।’

यातायात कार्यालयमा जान कर्मचारीहरुबीच डाक बोलाबोलको प्रवृत्ति रहेको मुख्यमन्त्री कार्यालय स्रोतको दाबी छ । ‘गैरकानुनी रुपमा आर्थिक चलखेल गरी सरुवा गर्दा कर्मचारी अदालत जाने गरेका छन् । उनीहरुको जवाफ हामीले लेखेर पठाउनुपर्छ । फाइदा कसैले लिने अनि अनाहक तनाब हामीले झेल्नुपर्छ’, ती कर्मचारी भन्छन् ।

ती कर्मचारीका अनुसार कार्यालयले स्वार्थमा जथाभावी सरुवा गरेका कारण उच्च अदालतमा दुई दर्जनभन्दा बढी सरुवासम्बन्धी मुद्दा विचाराधीन छन् ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले महिना दिनमै सचिव र कर्मचारीको सरुवा गर्दा प्रदेशको काम प्रभावित भएको भन्दै संघीय सरकारमाथि प्रश्न उठाउदै आएका छन् । तर, आफनै मातहतको कार्यलयले सरुवा भएको ठाउँमा हाजिर गरेकै दिन कर्मचारीलाई पुनः पहिलाकै कार्यालयमा फिर्ता गराउँदा पनि चुप बसेका छन् ।

मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव दिनेशकुमार घिमिरेले यातायात कार्यालयमा भएको सरुवामा आर्थिक चलखेल नभएको दाबी गर्छन् । उनले लामो समयदेखि यातायात कार्यालयमा बसेका कर्मचारी सरुवा गर्दा नयाँ कर्मचारीलाई बुझ्न समय लाग्ने हुनाले अप्ठेरो पर्ने बताए । ‘यातायातमा लाइसेन्स रिन्यू प्रणाली हुन्छ । त्यहाँबाट हटाए अप्ठयारो हुन्छ’, प्रमुख सचिव घिमिरेले भने । उनले अब यातायात कार्यालयमा मात्र बसेका पुराना कर्मचारीलाई सरुवा गर्दै जाने पनि बताए ।

यातायातका कर्मचारी सरुवा गर्दा मुख्यमन्त्री कार्यालयले श्रम तथा यातायात मन्त्रालयसंग समन्वय गर्ने गरेको छैन । मन्त्रालयका निमित सचिव रञ्जित यादवले मुख्यमन्त्री कार्यालयले कुनै समन्वय नगरी सरुवा गर्ने गरेको बताए ।

‘केन्द्रमा मन्त्रालय मातहतको कर्मचारी सरुवा गर्नुपर्दा समन्वय हुन्छ । यहाँ मुख्यमन्त्री कार्यालयको अधिकार छ । आफ्नो हिसाबले सरुवा गर्छ’, उनले भने ।

श्रम मन्त्रालयले पनि यहीबीचमा मुख्यमन्त्री कार्यालयसंग समन्वय नगरी २१ जना यातायातका कर्मचारी चलाएको छ । पहिले पटक कर्मचारीलाई चलाएको श्रम तथा यातायात मन्त्री सिंहले स्वीकारे ।

श्रम तथा यातायात मन्त्री सिंहले यातायात कार्यालयहरुमा हुने बेथिती अन्त्य गर्न नयाँ अनलाइन सिस्टम जडान गर्न खोजेको बताए । सिस्टम लागू भएपछि सबै समस्या आफैं समाधान हुने उनको भनाइ छ ।

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाए, राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त

काठमाडौं । प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् ।प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो । ताहरु सभा स्थल छाडेर हिँडेपछि प्रदर्शनकारी केहीबेर अन्योलमा परेका थिए । केहीबेरपछि उनीहरु आफैं मञ्चमा पुगेर नेताहरुलाई कार्यक्रमस्थलमा आउन आह्वान गरेका थिए ।त्यसअघि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाएका छन् ।

slider

प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि अश्रुग्याँस र लाठी प्रहार

काठमाडौं । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले पूर्वराजाका समर्थकहरुलाई बानेश्वरतिर जानबाट रोक्ने अश्रुग्याँस र लाठी प्रहार गरेको छ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । तर, प्रदर्शनकारीहरु त्यहाँबाट बानेश्वरतर्फ जान खोजेपछि तनाव उत्पन्न भएको छ । गणतन्त्रका पक्षधर समूहले प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन् ।

slider

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक, विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । बैठकमा विभिन्न नियमावली र कार्यविधिहरुमाथि छलफल हुने बताइएको छ । प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ कार्यविधि प्रतिस्थापन, रास्वपाले बनाएको र्यापिडप एक्सन टिम र्याट नियमावली २०८१ , सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफलको तयारी छ । समसामयिक पार्टी गतिविधि, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीका बारेमा पनि बैठकमा छलफल हुने बुर्लाकोटीले जानकारी दिए । रास्वपा यतिबेला विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा छ, उता हर्क र कुलमानले समेत पार्टी निर्माण गर्ने चर्चा छ, यसो त नयाँ सबै एकै ठाउँ आउने वातावरण भए, बालेन ले पनि पार्टी खोल्नेछन, उनको तयारी निकै फरक र आश्चर्यजनक लाग्ने छ, उनले छोटो समयमै पार्टी घोषणा गर्ने र स्थानिय तहका धेरै क्षेत्रमा जीत हाशिल गर्ने लक्ष्य राखेका छन । नयाँ पार्टी भर्सेज पुरानाहरु बिचको मुख्य लँडाई को हतियार र तौरतरिका नबुझे अबको ८४ को चुनाबि नतिजा पनि सोचेभन्दा फरक आउने निश्चत छ । देश बनाउने र जनताले चाहेको राज्य व्यवस्था स्थापना गर्ने खाका चाहिं न नयाँ सँग देखिन्छ न पुरानो सँग, तर पुराना भन्दा जनताले नयाँलाई रुचाईरहेका छन ।

slider

अन्दाजी ३० ३५ वर्षका पुरुष मृत फेला

राजधानी मै घटेको यो घटनाले सुरक्षा संयन्त्रलाई चनाखो बन्न झक्झक्याएको छ

slider

तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जित्यो

रामेछाप । तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ । उसले वडा नं १० चनखुलाई सोझो सेटमापछि पार्दै उपाधि जितेको हो । महिला तर्फको उपाधि भने भटौलीले जितेको छ । बुधवार मध्यान्न भएको विजेताको प्रतिस्पर्धामा तीनै सेट २५–१९, २५–९ र २५–१२ ले आफ्नो पक्षमा पार्दै चिसापानीले पुरुष तर्फको भलिबलको उपाधि हात पार्दै इतिहास रचेको हो । यो सँगै चिसापानीले नगद १ लाख रुपैयाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेताहरूलाई नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेतसहितका जनप्रतिनिधिहरूले नगद १ लाखसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै, उपविजेतामा चित्त बुझाएको मन्थली–१० चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो नगर कपको विजेता समेत रहेको वडा नं ७ भटौली तेस्रो नगर कपमा तेस्रो मात्रै भएको छ । उसले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यो पटकको सान्त्वना पुरस्कार भने प्राविधिक त्रुटि गरेको पाइएकाले रद्द गरिएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ । त्यस्तै, तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कपमा प्रथम भएको वडा नं ७ भटौलीलाई नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र नगरकी उपप्रमुख ईश्वरी बस्नेतले प्रदान गरिन् । महिला भलिबलमा उपविजेता भएको मन्थली–१३ फुलासीले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विगतमा पुरुषको मात्रै खेल खेलाउँदै आएको मन्थली नगर खेलकुद विकास समितिले यो पटक देखि महिला भलिबलको खेल खेलाउन थालेको हो । महिला भलिबलमा वडा नं १,२,३,६,७, ८ र १३ नम्बरले भाग लिएर प्रतिस्पर्धा गरेका थिए ।

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

गोरखापत्र